Erani Mahal
डुम्रेमा भेटिएकाे बेवारिसे शबकाे पहिचान खुल्याे
87049449_189835352445208_5504389400328404992_n

पाल्पा – सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तल्लो डुम्रे नजिकै मङ्गलबार बिहान एकजना पुरुषको बेवारिसे शबकाे पहिचान खुलेकाे छ । उक्त शब तानसेन–७, बर्तुङ्का ३८ वर्षिय रेलबहादुर रानाकाे रहेको प्रभास प्रहरी चौकी पाल्पाले जनाएको छ ।

प्रहरी चौकी प्रभासका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीले अत्याधिक मापसेका कारण सडक नजिकै लडेर रानाको मृत्यु भएको बताउनुभयो ।

अत्याधिक मापसेका कारण सडक नजिकै लडेका रानाको राति कठ्याङ्ग्रिएर मृत्यु भएको उहाँले बताउनुभयो । शबको पोष्ट मार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update