Erani Mahal
पाल्पामा हराउँदै फागु नाँच, कोरोनाको त्रासले होली सुनसान
fagu-naach-bisarjan

पाल्पा– रङहरुको पर्वको रुपमा मनाइने होली पाल्पामा केही औपचारीक रुपमा कार्यक्रमहरु गरेर नमनाए पनि मानिसहरु एक आपसमा रङहरु लगाएर खुशी साटा साट गरी मनाएका छन । पाल्पाको टुँडखेल,सितलपाटी,विशालबजार,बसपार्क,बडिज्ञानटोल जस्ता मख्य मख्य चोकहरुमा मानिसहरुले रङहरु लगाएर खुशी साटा गरी होली पर्व मनाएका हुन ।

प्राय होली खेल्न युवक युवतीहरुले सेतो टिसर्ट लगाएर हातमा थरी थरीका रङ्ग लिएर खुशी साटासाट गरेको देखिन्थो । विषेश गरी होलीको समयमा युवक तथा युवतीले सेतो टिसट लगाएर होली खेल्दा सम्झना हुने भएकोले सेतो टिसट लगाएर होली खेल्ने चलन छ ।


किन यो बर्ष होलीको रौनकता कम
पाल्पामा प्राय होलीको समयमा विभिन्न कार्यक्रमका साथै हर्सो उल्लासका साथ मनाउने गरिन्थो । होली अवसरमा पाल्पाका सबै जसो स्थानीय तहहरुमा फागु नचाउने तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु गर्दै मनाउने गरिन्थो तर यो बर्ष भने गर्ने कार्यक्रम समेत रोकिएको छ । अहिले विश्वमा द्रुतगतिमा फैलिएको कोरोना भाइरसका कारण उक्त कार्यक्रमहरु स्थिगित गरिएको छ । यसै मध्ये पाल्पाको रिब्दीकोट गाउँपालिकाको भैरब स्थानमा प्रत्येक बर्ष फागु नाँचको देखाउने गरिन्थो तर अहिले भने कोरोना भाइरसको कारण सरकारले होली खेल्न तथा सभा सम्मेलन नगर्न भनेकोले यो बर्षको फागु नाँच समेत स्थगित गरिएको आयोजकले जनाएका छन ।


हराउदै फागु नाच
पहिले पहिले मानिसहरु मिलेर गाउँघर तथा शहर बजारतीर फागु नाँच नाचिने गरिन्थो तर पछिल्लो समयमा फाग नाच भने हराउदै गएको छ । गाउघरतीर मानिसहरु बसाइसरी सहरतर्फ आउने र युवाहरु रोजगारीको लागि विदेशीको कारणले पनि फागु नाच हरादै जान थालेको हो । केही समय अगाडी गाउघरतिर मानिसहरुले नाच्ने गरे पनि अहिले भने विरलै देख्न पाइन्छ । यस्को संरक्षण र सर्वधन गर्न जरुरी छ ।


पहाडी क्षेत्रको डाँडाभरी लालि गँरास फुल
अहिले पहाडी क्षेत्रको विभिन्न ठाउँहरुमा प्राय लाली गराँस फूलले रमणीय बनाएका छन । नेपालको राष्ट्रिय फलको रुपमा परिचित लालि गँरास हेर्दा निकै सून्दर देखिन्छ । फागुन महिनामा फूल्ने यो फल राजाले आफनो श्रीमतीलाई उपहार दिएको पाइन्छ । प्राय यो फल युवक तथा युवतीहरुको रोजाईको फूल पनि हो । अहिले पछिल्लो समयमा फाुग नाचको रौनकता हराउदै गएको छ । फागु नाँच नेपालको सँस्कृति सँग जोडीएको छ । त्यसैले यस्को उचित संरक्षण र सर्वधन गर्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update