Erani Mahal
बलत्कारको आरोपमा रामपुरका पाण्डे पक्राउ
pakrau1

पाल्पा– पाल्पामा एक युवती माथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा गणेश पाण्डे पक्राउ परेका छन । जिल्लाको रामपर नगरपालिका वडा नं ३ स्थित रजघराको सानी अमराई जगंलमा आईतबार साझँ ती रामपर बेझाड बजार जान निस्केकी युवती माथि जबर्जस्ती करणीको प्रयास गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


जगलमा अर्धनग्र अवस्थामा चिच्याउँदै गरेको अवस्थामा २० बर्षिय महिलालाई स्थानीयले उद्धार गरी प्रह।रीलाई खबर गरे पछि मात्र घटना बाहिर सार्वजनिक भएको हो । सो घटनामा संलग्न रामपुर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३३ का गणेश पाण्डेलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ ।
घटना स्थलमा महिलाको भित्रि बस्त्र र शुरुवाल समेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी सोही स्थानका स्थानीयहरुले बताएका छन् ।

अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले काननी प्रक्रियामा जान ढिलाई भएको बताएको छ । पीडित महिला आफन्तको घरमा बसेर मजदुरी गर्दै आएकी थिइन ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update