Erani Mahal
तिनाउँ झिगामाराको सरस्वती आविको स्वर्ण महोत्सव
t-3

पाल्पा– तिनाउँ गाउँपालिका १ झिगामारामा रहेको सरस्वती आधारभूत विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न भएको छ । स्वर्ण महोत्सवको उद्घाटन प्रदेश नं. ५ का प्रदेश सांसद तुलाराम घर्ती मगरले गर्नुभयो । महोत्सवबो उद्घाटन गर्दै सांसद घर्तीले अबको शिक्षा जीवन उपयोगी र व्यवहारिक बनाउनुपर्ने बताउनुभयो ।

विशिष्ट अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीमगरले गाउँपालिकाले शिक्षा क्षेत्रलाई बढी जोड दिएको तर आशातित उपलव्धी हाँसिल नभएको बताउनुभयो ।


कार्यक्रममा वडा अध्यक्ष रोमबहादुर लम्तरी, दलबहादुर दर्लामी, विद्यालय व्यवस्थापन समिितका पूर्व अध्यक्षहरु तुल्सीराम भण्डारी, गिरीप्रसाद पंगेनी, केशव भण्डारी, पूर्व प्रअ भातुक्त भण्डारी, टेकराज पौडेल लगायतले विद्यालयको प्रगतिको शुभकामना दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ धातानन्द ज्ञवालीलेले ३० लाख २२ हजार बराबरको आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।

कक्षा ८ सम्म पढाई हुने विद्यालयमा १ सय जना विद्यार्थी रहेका छन् । स्वर्ण महोत्सव कार्यक्रम शिक्षक सुरज कार्कीले चलाउनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update