Erani Mahal
तिनाउँ मस्यामका १ सय ९० किसानलाई तरकारी खेती तालिम तथा कृषि सामग्री वितरण
T-1

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं. ६ मस्यामका पुग्दी, कराङ्गतुङ्ग र निरुक्सटोलका किसानहरुलाई तरकारी खेती सम्बन्धि तालिम दिइएको छ । १ सय ९० जना कृषकहरुलाई तिनाउँ गाउँपालिकाको सहयोगमा तालिम तथा कृषि सामग्री समेत दिइएको हो ।

तालिम सुभारम्भ कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत गाउँका कृषकको जीवनस्तरमा सुधार ल्याउन तालिमले सहयोग गर्ने बताउनुभयो । साथै उहाँले व्यवसायीक कृषिगर्ने किसानलाई गाउँपालिकाले सहयोग गर्दै आइरहेकोले व्यवसायीक किसान बन्न आग्रह गर्नुभयो ।


तलिममा तरकारीको बिउ विजन, प्लाष्टिक टनेल निर्माण, स्प्रेयर, भिटामिन, नर्सरी व्यवस्थापन, रोगकिरा नियन्त्रण लगायतका विषयमा तालिम दिइएको थियो ।


तिनाउँ गाउँपालिकाका कृषि शाखाका प्राविधिक हेमन्त शर्मा, कल्पना पोखरेल र किशोर रावलले सहजीकरण गर्नुभएको छ । कृषक समूहका अध्यक्ष रेवन्त कुँवरको अध्यक्षता, सहजकर्ता गीता भट्टराईको संचालन र समितिका सदस्य गोमा भण्डारीको स्वागतबाट तालिम कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष टोमबहादुर पुन, प्रधानमन्त्री कृषि आधुनिककरण कार्यक्रमका दिपक भट्टराई, स्थानीय किसान खड्क बहादुर गोदार लगायतले बोल्नु भएको थियो । तालिम तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update