Erani Mahal
वित्तिय क्षेत्रको जागिर छाडेर कुखारापालनमा रमाउँदै : पौडेल
60278976_2204666889586975_8986048877270401024_o

पाल्पा– तानसेन नगरपालिका–४ विशालबजार घर भएका सुदिप पौडेल करिब १० बर्ष वित्तिय संस्थाको जागिर छाडेर कुखुरा पालनमा लाग्नुभएको छ ।

समाचार प्रतिनिधि फाइल तस्विर ।


लघुवित्त संस्थमा सामान्य जागिर गरेर आफनो जिविको पार्जन गर्दै आउनु भएको पौडेलले अहिले व्यावसायिक रुपमा कुखुरा पालन गरीे वित्तिय संस्थाको भन्दा दोब्बर कमाइ गर्न थाल्नुभएको छ ।
नगरपालिकाबाट युवा स्वरोजगार कार्यक्रम मार्फत ३ लाख विनाधितो ऋण प्राप्त गरी तानसेन तम्घास सडकको छेउमा ४ आना क्षेत्रफलमा व्यवसायिक रुपमा कुखुरा पालन सुरु गरेको बताउनुभयो । सुदिपको फार्ममा ५ सय चल्लाबाट खर्च कटाएर ७० हजारसम्म नाफा कमाउने सफल भएको रानीमहलसँगको कुराकानीमा बताउनुभयो । सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाबाट तीन लाख विना धितो कर्जा पाएको बताउने पौडेलले अहिले कुखुरा पालनका साथ साथै तरकाली खेती पनि गर्नु भएको छ ।

सुदिप पाैडेल


अहिले उहाँको फार्ममा एक जनालाई मासिक तलब दिएर राख्न भएको बताउनु भयो ।सरकारले कृषिमा युवालाई लक्षित कार्यक्रम ल्याएको बताउँदै पौडेलले विदेश गएर पसिना बगाउनुभन्दा स्वदेशमै केही गरेमा त्यसलाई जित्न सकिने बताउनुभयो । उहाँले किसानले उचित मूल्य नपाउने र विचौलियाको समस्या समाधान गर्नेहो भने स्वदेशमै लाखौं कमाउनलाई दुःख नहुने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update