Erani Mahal
तिनाउँ खोलामा डुवेर एकजना बेपत्ता
Tinahu

पाल्पा– जिल्लाको तिनाउँ खोलामा रहेको तिनाउँ जलविद्युत केन्द्रको ड्याम साइडमा डुवी एकजना बेपत्ता भएका छन् ।


तिनाउँ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ७ भलवाडी बस्ने २१ वर्षका प्रदिप रोका पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका १७ वर्षका सुमन सारु, १५ वर्षका सुमित चौधरी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।


दोभान प्रहरी चौकीका प्रमुख बालबाहादुर घर्तीको कमाण्डमा टोली खटिइ बेपत्ता रहेका रोकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता रोकाको कपडा र अन्य साथीहरु भने खोला किनारामै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update