Erani Mahal
सात वर्षदेखि म्याद गुज्रेका सामान पाल्पाका बजारमा !
palpa-augaman

पाल्पा– पाल्पाका बजारमा ७ वर्षदेखि म्याद गुज्रिएका सामान समेत बेच्ने गरेको पाइएको छ । उपभोक्ताको स्वास्थ्य माथी गम्भिर रुपमा खेलवाड गर्दै व्यवसायीले यस्तो बदमासी गर्ने गरेको पाइएको हो ।


तानसेन नगरपालिकाले बजारमा गरेको छड्के अनुगमनका क्रममा उक्त तथ्य फेला परेको अनुगमन समितिका संयोजक तथा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताउनुभयो । प्रायः चाडपर्वका समयमा मात्र अनुगमन पछिल्लो समयमा नगरका विभिन्न स्थानमा गर्दा व्यापारीको बदमासी फेला परेको हो ।


बजारमा गुणस्तरहिन सामान विक्री, म्याद गुज्रिएका खाद्यवस्तु खान बाध्य भएको उपभोक्ताले पटकपटक गुनासो गरेपछि अनुमगन गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेको नेतृत्वमा, कार्यपालिका सदस्य, खाद्य तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रतिनिधि, उद्योग बाणिज्य संघ, पाल्पा व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार लगायतको सहभागीता रहेको थियो ।


टोलीले तानसेन नगरपालिका–१४ अर्गली र ७ नम्बर वडाको प्रभाससहित तानसेनस्थित बसपार्कमा रहेका किराना पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग र कस्मेटिक पसलमा अनुगमन गरेको छ। अनुगमनकाक्रममा म्याद गुज्रिएका, मूल्य नलेखिएका, उत्पादन मिति उल्लेख नभएको, लेवल नटाँसिएका खाद्यवस्तु फेला परेको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले बताउनुभयो ।

यस्तै म्याद गुज्रिएर सडेको अवस्थामा कस्मेटिक सामग्री समेत फेला परेको छ। माथागढी गाउँपालिका–२ रुप्सेस्थित ममता बेकरी उद्योगबाट उत्पादित खाद्यवस्तुमा बढी लापरबाही भएको फेला परेको छ। यस कम्पनिबाट उत्पादित ब्रेड ढुसी लागेको अवस्थामा फेला परेको छ । जुन बेकरी उद्योगबाट उत्पादित ब्रेड अर्गलीसहित तानसेनका विभिन्न बजारमा विक्री गरिदै आएको छ । अर्गलीको एउटा पसलमा बिक्रीका लागि राखिएको ब्रेडमा ढुसी लागेको भेटिएको हो । यस्तै ममता बेकरीबाट उत्पादित प्याकिङ्ग गरिएको ब्रेडमा उत्पादित मिति, मूल्य, तौल समेत उल्लेख गरिएको छैन्। भने मूल्यसूची समेत राखिएको छैन्। बजारमा बिक्रीका लागि राखिएको पाउरोटी, समोसा समेत म्याद गु्िरज्रएको अवस्थामा फेला परेको छ। थापाका अनुसार पसलमा बिक्री गर्न राखिएको विभिन्न कम्पनिका फ्रुटी समेत म्याद गुज्रिएको अस्थामा भेटिएको छ ।


प्रायः महिलाले प्रयोग गर्ने कस्मेटिकका सामग्री समेत गुणस्तरहिन फेला परेका छन्। पाउडर र बास्नादारका लागि प्रयोग गरिने अत्तर, स्याम्पू, तेल, लाली, नङपालिस, लोसन समेत सडेको अवस्थामा फेला परेको पाइएको छ। सन् २०१३ मा उत्पादन गरिएका कस्मेटिकका सामग्री बिक्रीका लागि पसलमा राखेको पाइएको तानसेन नगरपालिकाका कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य दीपक विश्वकर्माले बताउनुभयो । । उहाँका अनुसार सोयाविन, हर्लिक्स पनि खान नमिल्ने गरि सडेको अवस्थामा फेला परेको छ। आफुले चाहिने खाद्यवस्तु कस्तो किन्दैछु भन्नेबारे चेतना अझैपनि उपभोक्तालाई जानकारी नभएको उनले बताउनुभयो ।


कुनै एक व्यापारी अर्को कुनै वस्तुको उपभोक्ता भएकोले इमान्दार भएर व्यापार गर्न तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले भन्नुभयो ‘मानव स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन’ उहाँले भन्नुभयो ‘गुणस्तरहिन सामग्री बिक्री गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ।’

अशिक्षित, विपन्न परिवारलाई ठग्ने मनसायले गुणस्तरहित वस्तु बिक्री गर्ने व्यापारीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पाल्पाका सचिव कमलराज तिमिल्सेनाले बताउनुभयो । ‘ग्रामिण भेगमा उपभोक्तालाई ठग्ने प्रवृत्ति अझै बढि रहेको छ’ उहाँले भन्नुभयो ‘यहाँका व्यापारी र उपभोक्तालाई कानुनी र अधिकारका बारेमा सचेत गराउन आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update