Erani Mahal
लामीडाँडामा दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
89353259_10221674648796834_8486891493275992064_n

पाल्पा – सिद्धार्थ राजमार्गको लामीडाँडामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँशो तानसेनबाट प्रभासतिर जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकलाई सोही दिशातर्फ गईरहेको लु १ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।


ट्रिपरको ठक्करबाट तानसेन–७, मेहलधाराका ५५ वर्षिया मधु श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा परी मधुका श्रीमान् मोटरसाइकल चालक हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । मधुको उपचारका लागि अस्तापमाल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिनुभयो ।

तस्विर : विनोदकुमार शर्माको फेसबुक पेजबाट ।

गम्भीर घाइते हिमालको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । दुर्घटना पछि ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

तस्विर : विनोदकुमार शर्माको फेसबुक पेजबाट ।
तस्विर : विनोदकुमार शर्माको फेसबुक पेजबाट ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update