Erani Mahal
जिल्ला प्रशासन कार्यालय पाल्पाकाे सभा, सम्मेलन, महाेत्सव नगर्न आग्रह
Image-41

पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले 'कोरोना भाइरस'बाट हुन सक्ने जोखिमलाई कम गर्न जिल्लाभर नै सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । विश्वभर नै 'कोरोना भाइरस'को जाेखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सूचना जारी गरेर पाल्पामा पनि सभा, सम्मेलन, भीडमुलक कार्यक्रम तथा पर्व, उत्सव, महोत्सव गर्न रोक लगाएको हो ।

धेरै मानिसहरुको भेटघाट हुने गरी कार्यक्रम गरेर 'कोरोनाको संक्रमण' बढ्न सक्ने भन्दै प्रशासनले त्यस्ता कार्यक्रम नगर्न सूचना जारी गरेको हो । साथै प्रशासनले आवश्यक स्वास्थ्य सजगता अपनाउन समेत अनुरोध गरेको छ ।


हेर्नुहोस् प्रशासनले जारी गरेको सूचना :–

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update