X
5
Shares

पाल्पा प्रहरीले थाल्याे ‘काेराेना भाइरस’ बारे जनचेतना कार्यक्रम

रानीमहल संवाददाता || २२ फाल्गुन २०७६,बिहीबार २०:३७

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले कोरोना भाइरस सम्बन्धी जनचेतना कार्यक्रम अघि बढाएको छ । जिल्लाका विभिन्न स्थानमा प्रहरीले अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसका बारेमा जनचेतनामुलक कार्यक्रम गरेको हो ।


प्रहरीले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरेको जनाएको छ । बगनासकाली, पूर्वखोला, दोभान लगायतका क्षेत्रमा प्रहरीले नागरिकको घरमै पुगेर स्वास्थ्य मन्त्रालयले वितरण गरेको जानकारी सर्वसाधारण नागरिकलाई दिएको छ ।

यसले जनतासँग प्रहरीको सम्बन्ध सुमधुर बन्ने र कोरोना भाइरसबाट हुने सम्भावित जोखिमबाट बच्न सकिने प्रहरीले विस्वास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys