Erani Mahal
निस्दी महाेत्सवमा १२ लाखकाे काराेबार
85033278_186818719266000_3842339148149030912_n

पाल्पा - परिवर्तनको लागि युवा निस्दीको मुख्य आयोजना तथा निस्दी गाउँपालिका पाल्पाको सह आयोजनामा गत फागुन १५ देखि १७ गतेसम्म भएको प्रथम निस्दी साँस्कृतिक महोत्सव २०७६ मा करिब १२ लाख बराबरको कारोबार भएको छ।

निस्दी ४ मित्याल झ्यालतुङ खेलमैदानमा भएको ३ दिने महोत्सवमा मेला अवधिभर १२ लाख बराबरको आर्थिक कारोबार भएको साँस्कृतिक कार्यक्रम संयोजक पुनाराम सुनारीले बताउनुभयो । आयोजक समितिका अध्यक्ष रोमन गाहाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आम्दानी खर्च सार्वजनिक गर्दै मेला सफल पर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ।

महोत्सवको पहिलो दिन फागुन १५ गते निस्दी गाउँपालिका भित्र रहेका सातै वडाको झाँकी नाच प्रदर्शन गरेको थियो । त्यस्तै फागुन १६ र १७ गते राष्ट्रिय स्तरमै ख्यातिप्राप्त चर्चित कलाकारहरुको प्रस्तुति रहेको थियो । फागुन १५ गते निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उद्घाटन गर्नुभएको महोत्सवको फागुन १७ गते समापनको अवसरमा पाल्पा क्षेत्र नम्बर १ क का प्रदेश संसद युवाराज खनालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

मेला अवधिभर करिब ५ हजार दर्शकहरुले अवलोकन गरेको आयोजक समितिका सल्लाहकार संयोजक कुशल अर्यालले बताउनुभयो । मेलाले निस्दीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै निस्दीको झिरुबासमा रहेको काउले डाँडा, कुडुँले घर, मगर संस्कृतिको प्रचारप्रसारमा सहयोग पुगेको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update