Erani Mahal
रामपुरमा घुम्ती शिविरबाट नागरिकलाई गाउँमै सेवा
55

पाल्पा - नगरपालिका कार्यालयदेखि टाढा रहेको वडाका नागरिकहरुलाई घुम्ती शिविरमार्फत सेवा दिन रामपुर नगरपालिकाले आयोजना गरेको घुम्ती शिबिरमा ७ सय १५ जनाले सेवा लिएका छन् । पहिलो चरणमा नगरपालिकाले नगरको पुर्व भेग वडा नं. १ र २ का जनताको सहजताको लागि १ नम्बर वडा कार्यालयमा घुम्ती शिविर राखेको हो ।

चेक जारी सेवा बाहेक नगरपालिकाले घुम्ती शिविरबाटै नगरपालिकाको सेवा दिएको थियो । नगरपालिकाका सबै बिषयगत शाखाले घुम्ती सेवाबाटै सेवा दिएका थिए । स्वास्थ्य शाखा तर्फ २ सय ७१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । २ सय ६८ महिला र ६३ जना पुरुषले स्वास्थ्य सेवा लिएका छन् ।

नगरपालिकाको केन्द्रबाट पुर्वको टाढा गाडाकोटमा भएको शिबिरमा ७१ जना महिलाले पाठेघर जाँच गराएका छन् । दिन मारेर उपचार गर्न बाहिर जान पर्दा पाठेघर जाँच समेत नगराएका महिला गाउँको शिबिरबाट लाभान्वित भएका छन् । रामपुर नगरपालिकाका २ कि ६० बर्षिया बुद्धिमाया नेपालीले पाठेघर देखाउन मन भएपनि संभव नहुदा अहिले गाउँमै आएका बेला चेक गराएको बताउनुभयो ।

स्वास्थ्य जाँच संगै गाउँमै आँखा परिक्षण गराउन पाउँदा स्थानीय खुशी भएका छन् । रामपुर १ का १२ वर्षे अनिल खत्रीले कहिलेकाही पढ्दा असजिलो भएकाले आँखा जाँच गरेको बताए । शिविरमा २ सय २० जनाको आँखा परिक्षण गरिएको छ । आयुर्वेधिक तर्फ १ सय १० जनाले सेवा लिएका छन् ।

शिविरबाटै सामाजिक विकास शाखाबाट २५ जनालाई जेष्ठ नागरिक परिचय पत्र, ६ जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । ४ नया र २ पुरानो गरी क वर्गको २, ख वर्गको १ ग वर्गको २ र घ बर्गको १ वटा अपाङ्गता परिचय पत्र जारी गरेको हो । त्यस्तै योजना शाखा तर्फ ६ वटा योजनाको स्टिमेट भएको छ भने त्यस क्षेत्रको १२ वटा योजना अवलोकन गरिएको छ । पञ्जिकरण तर्फ २७ जनाले सिफारिस र उद्योग वाणिज्य संघले शिविरमा दिएको व्यवसाय दर्ता तर्फ १ जनाले सेवा लिएका छन् ।

कृषि तथा पशु शाखा तर्फ १ सय ५० कृषकले आफूले पालेका गाई, भैंसी, बाख्रा,कुखुराको लागि आवश्यक औषधि लिगेका छन् । ९१ वर्षीय गंगा कुमारी वंशी र ६७ वर्षिय तिलकराम थापालाई स्वस्थ्य परीक्षणको नाम दर्ता प्रमाण पत्र हस्तान्तरण गरी शिविरको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनताको पहुँचमा सहजताका लागि शिविर संचालन गरिएको बताउनुभयो ।

उहाँले आगामी वर्ष नागरिकता सहित थप सेवा सहितको शिविर संचालन गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले जहाँबाट सेवाग्राही जान असहज हुन्छ त्यहाँ आफै पुग्नु पर्छ भन्ने मान्यताले केन्द्रबाट टाढाको गाउँमा शिबिर राखिएको बताउनुभयो ।

गाउँघरका योजना र कर्मचारीका विषयमा कुनै गुनासो भए गुनासो सुन्ने काम पनि हुन्छ, योजना लगायतको गुनासो सुन्न नगर प्रमुख र प्रशासनिक गुनासो सुन्न म आफै छु, अधिकृत अर्यालले भन्नुभयो- घुम्ती शिविरलाई गुनासो सुन्ने सुनाउने माध्यमका रुपमा पनि लिगेका छौ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कमलराज भट्टराई,वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेल, रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विकास शर्मा, रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले नागरिकको सहज सेवा र पहुँचका लागि राखिएको शिविरले स्थानियलाई निकै फाइदा पुगेको बताउनुभयो ।

शिविरमा रामपुर अस्पताल र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र संगको सहकार्यमा स्वास्थ्य परीक्षण तथा आँखा परीक्षण शिविर, रामपुर उद्योग वाणिज्य संघ संगको सहकार्यमा व्यवसाय दर्ता तथा परामर्श सेवा प्रदान गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा शिविर संयोजक रामहरी पाण्डेयले स्वागत र रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणको संचालनमा कार्यक्रम भएको हो । नगरपालिकाले शुक्रबार रामपुर १० का नागरिकलाई लक्षित गरी घुम्ती शिविर सन्चालन गर्दैछ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update