Erani Mahal
चैत ५ भित्रै परीक्षा सक्न पाल्पाका स्थानीय तहद्वारा विद्यालयलाई निर्देशन
exam

पाल्पा – ‘कोरोना भाइरस’ फैलन सक्ने मध्यनजर गर्दै सङ्घीय र प्रदेश सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सक्न निर्देशन दिएपछि पाल्पाका विभिन्न स्थानीय तहले परीक्षाको कार्यतालिका सार्वजनिक गरेका छन् ।

तानसेन नगरपालिकाले चैत ५ गतेभित्र परीक्षा सक्ने गरी तयारी गर्न सबै विद्यालयलाई सूचना जारी गरेको छ । तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले ‘कोरोना भाइरस’को संक्रमणको जोखिम बढेका कारण संघीय सरकारको निर्देशन अनुसार फागुन २८ गतेदेखि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिनिधि तस्विर : गुगल ।

यस्तै रिब्दीकोटले फागुन २७ गतेदेखि र माथागढी गाउँपालिकाले फागुन २८ गतेदेखि परीक्षा गर्ने जनाएका छन् । अन्य गाउँपालिका तथा नगरपालिकाले समेत भाेलिसम्ममा निर्णय गर्ने तयारी गरेका छन् ।

रामपुर नगरपालिकाले फागुन २४ गतेदेखि २९ गतेसम्म गर्न भनेको ¥याफ्टिङ् तथा प्याराग्लाइडिङ् महोत्सव स्थगित गरेको छ । आयोजकले उक्त महोत्सव अनिश्चित कालका लागि स्थगित भएको जनाएको छ । कोरोना भाइरस संक्रमण फैलन सक्ने जनाउदैँ प्रदेश सरकारबाट विभिन्न मेला महोत्सव स्थगित गर्न आग्रह गरेपछि रामपुर नगरपालिकाले तत्कालका लागि महोत्सव स्थगित गरेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update