Erani Mahal
‘कोरोना भाइरस’को त्रास बढेपछि पाल्पामा 'मास्क' अभाव
mask-shop

पाल्पा – ‘कोरोना भाइरस’को त्रास बढेपछि पाल्पाका विभिन्न अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव भएको छ । एक साताअघिसम्म पाइने मास्क अहिले जिल्लाका अस्पताल तथा मेडिकल हलहरूमा पाइन छाडेको बिरामीको भनाई छ ।

‘कोरोना भाइरस’को संक्रमण फैलने हल्ला बढेपछि पाल्पामा पनि केही दिनदेखि मास्क अभाव भएको हो । बजारमा र मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको मेडिकल हलहरुले बताएका छन् ।

मास्क कोरोना भाइरसबाट बच्नका लागि प्रयोग गरिदैँ आएको छ । विभिन्न देश तथा विदेशमा समेत मास्कको अभाव हुँदा नेपालमा पनि मास्क अभाव भएको हुनसक्ने कतिपयले बताएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्व न्याैपानेले पाल्पामा पनि मास्क अभाव भएकाे बताउनुभयाे । केही मेडिकलमा गएर बुझ्दा मास्क पाउन सकेनाैँ उहाँले भन्नुभयाे ।

प्रतिनिधि तस्विर : स्राेत गुगल ।

लुम्विनी मेडिकल कलेज प्रभासका मेडिकल प्रमुख डा. राजु शाक्यले समेत केही दिन पहिले सस्ताेमै पाइने मास्क अहिले तेब्बर मुल्यमा पनि पाउन नसकेकाे बताउनुभयाे । उहाँले काेराेना भाइरसकाे त्रासले मास्क अभाव भएकाे हुन सक्ने बताउनुभयाे ।

याे पनि समाचार

https://eranimahal.com/?p=7594
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update