Erani Mahal
मेयर थापाद्वारा आफ्नाे तलब/भत्ता महायज्ञमा दान !
re

पाल्पा - चुनाव अघिको बाचा पूरा गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आफूले पाउने सेवा सुविधा बापतको २७ महिनाको तलब गौशाला निर्माणमा दान स्वरुप प्रदान गर्नुभएको छ ।

निर्वाचन अघि नै थापाले जनताद्दारा निर्वाचित जनप्रतिनिधी तलबमा काम गर्नु नभई सेवामुलक काममा अग्रसर हुनुपर्ने भन्दै व्यक्तिगत काममा तलब नलिने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुरुप नगर प्रमुख थापाले २७ महिनाको ९ लाख रुपैयाँ नगर गौशाला निर्माणमा दान गर्नुभएको हो ।

महायज्ञ समापनका अबसरमा नगर प्रमुख थापाले धेरै भएर कोहिले पनि दान नदिने बरु मन इच्छा शक्ति र सत्कर्मका लागि दान दिने बताउदै ९ लाख ९ सय ९ रुपैया दान स्वरुप गौशालालाई दिने घोषणा गर्नुभएको हो ।

यसअघिको तलब/भत्ता नगरप्रमुख थापाले अपाङ्गता भएका व्यक्ति तथा अन्य समस्यामा परेका नागरिकलाई प्रदान गर्नु भएको थियो । गौमाताको श्रद्दाको लागि दान गरेको हो थापाले भन्नुभयो- धर्मले नैतिकताको पाठ सिकाउछ त्यसैले सत्कर्म अबलम्बन गर्ने धार्मिक भावना जगाउदै आत्मबल र सन्तुष्टि लिदै धार्मिक भावनामा जोडिनुपर्दछ ।

कालिगण्डकीको किनारमा बन्दै गरेको गौशाला संग नगरको सुन्दर परिकल्पना जोडिएको उहाले बताउनुभयो । भगवान् बिष्णुको अबतार बिश्वमा शालिग्राम शिला बचाउने कालीगण्डकी माता र संगै जोडिएको गौमाताको संरक्षणले सबैको ध्यानाकर्षण गराउदै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उहाले बताउनुभयो।

जनताका मेयर रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तलब भत्ताको अलावा नगरपालिकाको गाडी सुविधा पनि लिनु भएको छैन । उहाँले नगरपालिकाको जुनसुकै काम तथा दैनिक रुपमा आफ्नै व्यक्तिगत गाडी प्रयोग गर्दै आउनुभएको छ

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update