X
10
Shares

पाल्पा दुर्घटना अपडेट : एक जनाको मृत्यु १० जना घाइते (विवरण सहित)

रानीमहल संवाददाता || २१ फाल्गुन २०७६,बुधबार १५:४०

पाल्पा – जिल्लाको तानसेन–१४, अर्गलीस्थित कुँडापानी भन्ने स्थानमा बुधबार दिउँशो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् ।


दुर्घटनामा परी रुपन्देही जिल्ला सैनमैना नगरपालिका–१, बस्ने ५५ वर्षकी धनकली विकको मृत्यु भएको छ । गम्भीर घाइते विकलाई उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


बुटवलबाट तानसेन हुँदै गुल्मी जाँदै गरेको लु १ ज १४२८ नम्बरको जीप दुर्घटनामा परेको हो । जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेले जानकारी दिनुभयो । घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।


अन्य घाइतेहरुको विवरण :–

स्रोत : जिप्रका, पाल्पा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys