Erani Mahal
पाल्पाको अर्गलीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते
kkk

पाल्पा – जिल्लाको तानसेन–१४, अर्गलीस्थित कुँडापानी भन्ने स्थानमा बुधबार दिउँशो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लु १ ज १४२८ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप बुटवलबाट तानसेन हुँदै गुल्मी गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेले जानकारी दिनुभयो ।
प्रत्यक्षदर्शीका अनुसार घाइतेमध्ये एक जनाको मृत्यु भएको भनिएपनि पुष्टी भने हुन बाँकी छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update