Erani Mahal
नेपालकै ठूलाे खुकुरी पूजापाठ गरेर घरमा भित्र्याइयाे !
88185973_206480000733209_3806403564805292032_n-2

चुडामणी तिमिल्सिना, पाल्पा – नेपालकै सबैभन्दा ठूलो मानिएकाे खुकुरीलाई वैदिक विधि अनुसार खुकुरी किन्ने व्यक्तिकाे घरमा भित्र्याइएकाे छ । गुल्मी जिल्ला श्रीङ्गा छत्रकाेट गाउँपालिका वार्ड नं. ४ का पोमलाल कँडेलले किन्नुभएकाे खुकुरी भव्य पूजाआजा सहित घरमा भित्र्याउनुभएकाे हाे ।

केही वर्षअघि बाग्लुङ् जिल्ला बुर्तिवाङका मन बहादुर विकले निर्माण गर्नुभएकाे ४२ किलोको खुकुरी एक महिना अघि कँडेलले एक लाख ११, एक सय ११ हजारमा किन्नुभएकाे थियाे । विकले बनाएकाे खुकुरी बिक्री नहुँदा उहाँ चिन्तित बन्नुभएकाे थियाे । तर उक्त खुकुरी रिडी महाेत्सवमा बिक्री भएकाे थियाे ।

नेपालकै सबैभन्दा ठूलो मानिएकाे खुकुरी भागबत पाठ, रुद्री पाठ, चन्डी पाठ, लगायर निवासमा भित्र्याइएकाे हाे । कँडेलले कुखुरी भित्र्याइएकाे अवसरमै २ छोरा बिपिन र दिपेन्द्रकाे समेत बर्तबन्ध गराउनुभएकाे छ । कँडेलले खुकुरी एक हातले उचाल्ने व्यक्तिलाइ एक लाख पुरस्कार दिने घाेषणा गर्नुभएकाे थियाे तर कुखुरी एक्लै कसैले पनि उचाल्न सकेनन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update