Erani Mahal
त्रिबक्या पाल्पामा कर्मचारी कम हुँदा सेवा लिन  विद्यार्थीलाई सास्ती
Tribhuvan-Multiple-Campus-Palpa

पाल्पा – पाल्पाको त्रिभुवन बहुमुखी क्यापसमा आवश्यक कर्मचारी नहुँदा दैनिक रुपमा परीक्षाको फर्म बुझाउन तथा अन्य काम गर्नका विद्याथीहरुले सास्ती पाएका छन् । पछिल्लो समयमा विद्यार्थीहरुको संख्यामा वृद्धि भए पनि कर्मचारी कम हुँदा सेवाग्रहीले पाउने सेवामा सास्ती बेहोर्न बाध्य भएका हुन् ।

त्रिभुवन बहुमुखी क्याम्पसमा पहिले ७२ जना कर्मचारी रहेका थिए तर अहिले जम्मा २७ जनाले मात्र क्याम्पसको काम गर्नु परेको छ । यसले दैनिक कामकाग गर्न पनि समस्या भएको छ । कर्मचारीले धेरै काम गर्न परे पछि काम ढिलो भएको स्वयम् कर्मचारीहरु बताउँछन् । कर्मचारी कम हुँदा परीक्षा तथा भर्ना फार्म बुझाउन तथा अन्य कामका लागि विद्यार्थी पटक पटक धाउन बाध्य भएका छन् ।

अहिले त्रिभुवन बहुमुखी क्यापमा एउटा काउन्टर छ जसले गर्दा विधार्थीहरुले फर्म बुझाउनको लागि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । कर्मचारीहरु पनि दुई जना मात्र रहेको एउटा विहानमा काम गर्ने र अर्कोे दिउँशोमा मात्र काम गर्न भएकोले विद्यार्थीलाई समस्या भएको छ । अन्य बेलामा खासै कामको चाप नभएपनि परीक्षा फारम र भर्ना फारम भर्ने बेलामा विद्यार्थीलाई सास्ती भएको छ ।

परीक्षा तथा भर्ना फारम रुजु गर्ने स्थानमा पनि दुई जना मात्र कर्मचारीको संख्या छ । फारम रुजु गर्ने स्थानमा पनि दुई जना मात्र कर्मचारी रहेकोले विद्यार्थीहरु घण्टौसम्म लाइन बस्न बाध्य भएको विद्यार्थी युवराज बोहोराले बताउनुभयो । बोहोराले ४ पटकसम्म धाउदा पनि काम नसकिएको बताउनुभयो ।

परीक्षा शाखामा पनि एक जना मात्र कर्मचारी रहेका छन् । क्याम्पसको पुस्तकालय शाखामा पनि उस्तै समस्या छ । कम्याम्पसमा एउटा फर्म बुझाउन दिनभर बसेर नसकेपछि फर्किएकी सोही क्यापसमा व्यवस्थापन संकायमा चौथो बर्षमा अध्ययन् गर्ने विद्यार्थी साधना भटराइले गुनासो गर्नुभयो ।

त्रिभुवन बहुमुखी क्याम्पसका क्यापस प्रमुख जीवनबहादुर थापाले भने कर्मचारीको माग गरेपनि माथिबाट कर्मचारी नपठाएको बताउनुभयो । क्याम्पसका कर्मचारी अभाव हुँदा दिनहुँ काममा समेत समस्या सिर्जना भएको बताउँदै उहाँले समस्या समाधानका लागि क्याम्पस गम्भीर रहेको बताउनुभयो ।

क्याम्पसले अस्थायी रुपमा रिक्त दरबन्दीमा कर्मचारी नियुक्त गर्न पाउने भएपनि राजनीतिक तथा प्रशासनिक विवादका कारण त्रिबक्या, पाल्पाले कर्मचारी राख्न सकेको छैन । यसअघि दुई पटकसम्म कर्मचारी नियुक्तिका लागि विज्ञापन गरिएको थियो । तर राजनीतिक भागवण्डाका आधारमा कर्मचारी नियुक्तको चलखेल भएको भन्दै अख्तियारले कर्मचारी नियुक्त गर्न रोकेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update