Erani Mahal
पाल्पाकाे बतासेडाँडामा ट्रिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
khhh

पाल्पा – तानसेन–५, बतासेडाँडा नजिकै लाकुरीडाँडामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान लु २ ख १८५४ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको हो । मृत्यु हुने चालक सुनवल नगरपालिका ३, का ३२ वर्षका मधु मर्पाङ् मगर रहेको प्रहरीले जनाएको छ ।

तानसेनबाट सिद्धेश्वर सर्देवामा चुनढुंगा लिन जाने क्रममा अत्याधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । टिप्पर सडकदेखि तीन सय मिटर तल खसेको थियो । दुर्घटनाको थप कारणबाट प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधि तस्विर ।


बिहानदेखि दिनभर विद्युत् अबरोध
यसैबीच टिप्पर दुर्घटना हुँदा पाल्पामा मंगलबार बिहानदेखि १० घण्टा विद्युत् अबरोध भएको छ । टिप्पर दुर्घटना हुँदा बतासेडाँडामा दुई वडा विद्युत्का पोल र तालमा क्षति पुगेकाले विद्युत् अबरोध भएको हो ।

पाल्पामा दिनहुँजसो विद्युत् अबरोध हुने समस्याले आजित भएका उपभोक्ता भने मारमा परेका छन् । कहिले बुटवल र झम्सादेखि माथिको लाइनमा विद्युत् निर्माण भईरहेको नाममा त कहिले बुस कटिङ्को नाममा पाल्पामा अधिकांश समय विद्युत् अबरोध हुने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update