Erani Mahal
रामपुर नगरपालिकाद्वारा महिला सम्बद्ध संघसंस्थासँग अन्तरक्रिया
hf

पाल्पा - रामपुर नगरपालिकाले महिला दिवसको अबसरमा अन्तरक्रिया गरेको छ । 'समानताको पुस्ता: अन्त्य गरौं विभेद र असमानता' भन्ने नारा सहित ११० औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो ।

दिवसको अबसरमा रामपुर नगरपालिकाका निमित्त प्रमुख तिर्थ प्रसाद पङ्गेनीले महिला प्रतिष्पर्धामा सक्षम हुन आग्रह गर्नुभयो । उहाँले वडाका बजेटमा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभयो । सोही अबसरमा सहजीकरण गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम अर्यालले महिला हिंसा विरुद्ध अभियान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, हिंसाका कारण, असर, रामपुरको अबस्था, मेलमिलापका लागि नगरपालिकामा आएका उजुरी, नगरपालिकाले महिला, युवा लक्षित गरेका कामबारे जानकारी दिदै आगामी दिनका लागि सुझाब संकलन समेत गर्नुभयो ।

सोही अवसरमा वडा नम्बर ३ का अध्यक्ष दिनेश कुमार खनालले अन्याय, हिंसा, असमानता हटाएमात्र समानता कायम हुने हुँदा गाउँ समाजमा समता कायम गर्न लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य मिठ्ठु सुनार, नेपाल महिला संघ अध्यक्ष सारदा आचार्य, अखिल नेपाल महिला संघ सचिव सन्जु परियार, रेडियो रामपुरका रमा भण्डारी लगायतले दिवस र महिला सन्दर्भमा बोल्नुभएको थियो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालको अध्यक्षतामा भएको कार्यकममा नगरपालिकाका सहायक महिला विकास निरीक्षक पुजा परियारले स्वागत र महिला बिकास सहायक निरीक्षक सिर्जना रेग्मीले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update