Erani Mahal
तिनाउमा मावि स्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न
image

पाल्पा - तिनाउ गाउँपालिका शिक्षा शाखाको आयोजनामा लैंगिक हिंसा न्युनीकरणमा शिक्षाको महत्व’ विषयक मावि स्तरीय वक्तृत्वकला दाेभान माविमा भएकाे छ । प्रतियाेगितामा छात्रतर्फको वक्तृत्वकला प्रतियोगितामा पृथ्वी प्रकाश मावि सत्यवती प्रथम भएको छ । द्धितीयमा मस्याम मावि मस्याम, तृतीयमा तिलोत्तमा मावि झुम्सा र सान्तनामा दोभान मावि भएकाे छ ।

त्यस्तै छात्रा तर्फको मावि स्तरीय वतृत्वकला प्रतियोगितामा जनदिप म वि मस्याम प्रथम, दोभान मावि द्वितीय, मस्याम मावि तृतीय र पृथ्वी प्रकाश मावि सान्तवना भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तिनाउँ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीमगरले विधार्थीहरुलाई किताबी ज्ञानको साथसाथै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दा उनीहरुको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुग्ने बताउदै विधालय स्तरमा यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयाे ।

साथै गाउँपालिकाले यस्ता अतिरिक्त क्रियाकलापको लागि बजेट छुटयाएको उहाँले बताउनभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, शिक्षा शाखाका कृष्ण ज्ञवाली, दोभान माविका प्रअ सूर्य पौडेल लगायतले धारणा राख्नुभयाे ।

कार्यक्रम तिनाउ गाउँपालिका शिक्षा शाखा अधिकृत लक्ष्मी कुवँरको अध्यक्षतामा र दोभान माविका शिक्षक गोपाल केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update