Erani Mahal
मगर समुदायले जोगाएको संस्कृति देशकै सम्पत्ति हो : प्राडा न्यौपाने
ph-1


पाल्पा – प्राध्यापक डा. कुसुमाखर न्यौपानेले परापूर्वकाल देखि मगर समुदायले जोगाएको नेपाली संस्कृति आज देशकै सम्पत्ति बनेको बताउनुभएको छ । पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगितको अध्ययन विषयमा जानकारी दिदै उहाँले मगरको घाटो नाँच, सालैजो, सोरठी जस्ता मगरले जोगाएका संगित निकै तागतिलो रहेको बताउनुभयो ।

साहित्य समाज पाल्पाको आयोजना र नेपाल मगर संघ, पाल्पाको संयोजनमा तानसेनमा भएको पाल्पाको मगर संस्कृति विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रा.डा. न्यौपानेले बाग्लुङ्गका मगरले बचाएको गोपीचन लोकनाटक संसारकै उदाहरणीय रहेको जानकारी दिनुभयो । उति वेलाका मगरहरुले नपढेका भएपनि नेपाली संस्कृतिको रक्षा र यर्थाथताको प्रतिक लोकगाथामा उतारेको उहाँको भनाई छ ।

आफूले पि,एच,डि गरेको भन्दा पनि भोगाई र अनुभवले खारिएका मगरहरुको अनुभवलाई समेटिएको गोपीचन लोकनाटकले आफैलाई लाज लागेकाले त्यो विषयमा सोधखोज गर्दा अमेरिकाबाट सम्मान पाएको न्यौपानेले जानकारी दिनुभयो । राजा र प्रजाबीचको सम्बन्धलाई समेटेको मगरी गोपीचन लोकगाथा अहिले नेपालका स्नातक र स्नाकोत्तर तहका विद्यार्थीले पढ्नुपर्ने विषय बनेको भन्दै उहाँले मगरले बचाएको संस्कृति नेपालकै संस्कृति हो भन्नुभयो । पाल्पाका मगर गाउँमा पुगेर मगरी संगीतमा सोध गरेको अनुभव सुनाँउँदै प्रा.डा. न्यौपानेले संगितमा मगरी शैली, बाजा, नाँचहरु निकै फरक र नेपालीपन रहेको बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता डा. मुकुन्द शर्माले सांस्कृतिक हिसावले अहिले सम्म मगरहरुको खोजविन नभएको बताउनुभयो । मगरहरुको सांस्कृतिक अध्ययन हुनु जरुरी रहेको भन्दै डाक्टर शर्माले आफूले गरेको अध्ययनमा मगरहरु नेपालमै शुरुदेखिनै बसोबास गर्ने जाति रहेको बताउनुभयो ।

मगरको चालचलन, भाषा, संस्कृति र रहनशहन छुट्टै प्रकारको रहेकाले शुरु देखि नै बसोबास गर्ने आदिवासी मगर रहेको उहाँको भनाई छ । पाल्पा जिल्लामा प्रचलित लोकगाथाको तुलना विषयमा जानकारी दिंदै उहाँले मगरको इतिहास खोज्नुपर्नेमा जोड दिनुभयो । विदेशी लेखकहरुले अहिलेका ठकुरीहरु पनि मगर रहेको प्रमाण पेश गरेको भन्दै डाक्टर शर्माले छुट्टै ठाउँ पाएपछि राजा/शाह भएको र उनीहरु पछि ठकुरी बनेको बताउनुभयो ।

मगरहरुको घाटो नाँचबाटै पछि गुरुङ्गहरुले सिको गरेर घाटु बनाएको भन्दै उहाँले पछिल्लो समय संस्कृति र सँस्कार माथि उपेक्षा भैरहेको बेला मगरी संस्कृति जोगाउनु निकै आवश्यक रहेकोमा जोड दिनुभयो । राज्यसत्ता डट.कम, पmल्यास नेपाल डट.कम र पाल्पा कम्प्पूटर एण्ड मोवाईल सेन्टरको आर्थिक सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि इतिहासका जानकार एवम् बुद्धिजिवि निर्मल श्रेष्ठले मगरी भाषा, संस्कृति र इतिहासको रक्षाका लागि पहिले मगर समुदायनै अघि सर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले शुभकामना दिँदै पाल्पामा आन्तरिक र बाह्य पर्यटक लोभ्याउन पनि पाल्पाली संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए । पाल्पा साहित्य समाजका अध्यक्ष पुस्करराज रेग्मीको अध्यक्षता, महेन्द्र पन्थीको संचालन र कमल खत्रीको स्वागतमा भएको कार्यक्रममा महिला नेतृ प्रतिक्षा सिंजाली, मगर संघ, पाल्पाका अध्यक्ष तेज घर्ती मगर, बरिष्ठ पत्रकार मेघराज शर्मा, देउराली प्रस्ठिान पाल्पाका अध्यक्ष मदन देउराली, साहित्यकार चित्रवलीराम सुवाल, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र्रगोपाल सिंह लगायतले धारणा राख्नुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update