Erani Mahal
पाल्पाका तीन स्वास्थ्य चाैकी १५ बेडकाे अस्पतालमा स्तरउन्नति
unnamed-2

पाल्पा - सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार पाल्पाका ३ वटा गाउँपालिकाका स्वाँस्थ्य चाैकीलाइ १५ बेडकाे अस्पतालमा स्तरउन्नति गरिने भएकाे छ । पाल्पाकाे निस्दी गाउँपालिकाकाे मित्याल स्वास्थ्य चाैकी, पूर्वखाेला गाउँपालिकाकाे वीरकाेट स्वास्थ्य चाैकी र माथागढी गाउँपालिकाकाे झडेवा स्वास्थ्य चाैकीलाइ स्तरउन्नति गरिने भएकाे हाे ।

अहिलेकाे स्वास्थ्य चाैकीलाइ आधुनिक भवन सहित डाक्टर र स्वास्थ्यकर्मीकाे व्यवस्थापन हुनेछ । सरकारले याे वर्ष देशभरका २ सय ३६ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने याेजना अघि सारेकाे हाे । यस वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्नको स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update