Erani Mahal
कुमारी बैंककाे सत्यवतीमा शाखारहित बैंकिङ् सेवा
88976140_514113852579449_516546628539121664_n

चुडामणी तिमिल्सिना, गुल्मी - कुमारी बैकले औपचारिक रुपमा गुल्मिको सत्यबती गाउँपालिका वार्डन ४ मा शाखारहित बैकिङ् सेवा सुरू गरेकाे छ । गाउँपालिका अध्यक्ष पारिस्वर ढकाल कार्यक्रमा प्रमुख अतिथि रहनुभयको थियाे ।

प्रमुख अतिथि ढकालले बैको उट्घाटन गर्दै यस भेगका जनतालाई बैक खुल्नु भनेको गौरबको कुरा हो । आगमी दिनमा पालिकाले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पनि यहीबाट प्रदान गर्न वार्डलाइ निर्देशन गर्नुभयो ।

ग्रामीण भेगमा यो पहिलो बैंक भएकाले यहाँकाजनतालाई ठूलो राहत पुगेको बताउनुभयो । बैक सन्चालक लाई आगमी दिनमा काउन्टर समेत राखन आग्रह गर्नुभयो । बैकका सन्चालक कृष्ण प्रसाद ज्ञवाली, बैंक उप प्रमुख कार्यकारी अधिकृत उमेस सिंह भन्डारी, वार्ड न ४ का वार्ड अध्यक्ष दान बहादुर रानालगायत अतिथी रहनुभयको थिथो।

कार्यक्रममा ब्यापार संघ प्रदेश नं. ५ का संयोजक भिम पौडल, फर्सुराम पान्डे, लीलामणि खरेल जनप्रतिनिधिहरु, पत्रकार महिला समुह, क्लब पालिकाका कर्मचारीहरु सुरक्षा निकाय बैंकका कर्मचारीहरुको सहभागिता रहेकाे थियाे । कुमारी बैक रिडीका प्रबन्धक भीष्म ज्ञवालीले कार्यक्रममा स्वागत मन्तव्य राखनुभएको थिथो । कार्यक्रममा बितिय साक्षरता कार्यक्रम समेत सन्चालन गरिएको थिथो । कार्यक्रम अध्यक्ष शाखा रहित बैकका सन्चालक मित्रलाल उपाध्ययको सभापतित्वमा सन्चालन भएकाे हाे ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update