Erani Mahal
अज्ञात समूहद्वारा रम्भा र माथागढीकाे दुई वडा कार्यालयमा चाेरी
88325806_650372342468156_2908663195583381504_n

पाल्पा – अज्ञात समूहले माथागढी र रम्भाका दुई वडा कार्यालयमा तोडफोड गरेको छ । उक्त समूहले माथागढी गाउँपालिकाको वडा नं. १ चिदीपानी र रम्भा गाउँपालिका–४, हुमिनको कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडबाट वडा कार्यालयमा रहेका दराज, टेबुलमा क्षति पुगेको छ । वडा कार्यालयको दराजमा रहेका केही कागजपत्र समेत हराएको माथागढी गाउँपालिकाका वडा नं. १ का अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

तस्विर : विकास काफ्ले ।

यस्तै माथागढीको आर्यभाङ्ज्याङ् बजारका चार वटा पसलमा समेत तोडफोड र चोरी भएको छ । रम्भाको हुमिन बजारका १०, आर्यभङ्ज्याङ्देखि रामपुर जाने सडकखण्डको चिदीपानी बजारका तीन वटा किराना पसलमा समेत तोडफोड र चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वडा कार्यालयमा समेत चोरी गर्ने उद्देश्यले तोडफोड भएको र सबै स्थानमा एकै प्रकृतिबाट चोरी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो । तोडफोड र चोरी कार्यमा संलग्न समूहको खोजी र थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update