Erani Mahal
बन्दीपाेखराकाे भालु दूलाे ओझेलमा
89013946_1380917778756174_4894234457789169664_n

पाल्पा - उचित सरंक्षणको अभावले तानसेन नगरपालिका-११ बन्दीपाेखरास्थित साखर भीरमा रहेको भालु दूलो ओझेलमा परेको छ । वरिपरि हरियाली जंगलले घेरिएको र भिरालो ठाउँमा रहेको भालु दूलो प्राकृतिक रुपमा निर्माण भई बनेको छ । दूलाे झण्डै ७ किलाेमिटर लामाे रहेकाे स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।

जुन निकै आकर्षित र मनोरम स्थानमा रहेको छ । पहिले पहिले मानिसहरुले हिड्नको लागि प्रयोग गर्ने दूलोको रुपमा भालु दूलो परिचित रहेको छ । जुन स्थानबाट मानिसहरु पसेर पाल्पाको भुल्केमा निस्कने मान्यता रहेको छ । अहिले संरक्षणको अभावले ओझेलमा परेको छ ।
पाल्पा विभिन्न धार्मिक तथा पर्यटकीय ठाउँहरु रहेका छन् । त्यसमध्ये पाल्पाको तानसेन नगरपालिकामा रहेको भालु दूलो पनि एक हो ।

त्यहाँका स्थानीयका ७० वर्षीय पार्वती र ७१ वर्षिय इन्द्र कुमारी कार्कीका अनुसार भालु दूलो प्राकृतिकरुपमा निर्माण भएको दूलो बताउँदै भन्नुभयो पहिले मानिसहरु त्यही भालु दूलोको प्रयोग गरेर भुल्केसम्म आवतजावत गर्दथे भन्ने किंम्बदन्ती छ । जुन दूलोमा पुग्नको लागि तानसेनदेखि करिब आधा घण्टामा नै पुग्न सकिन्छ । जुन बडहरबोट जाने बाटोको साँखर भीरमा रहेको छ । त्यस दूलोमा ुपग्न मोटरबाटो देखि करिब ७०० सय मिटर भीरमा चढनुपर्छ ।

प्राकृतिक रुपमा आफै निर्माण भएको गुफाको अवस्था अहिले संरक्षण हुन सकेको छैन । दूलोको अवस्था हेर्दा भित्र ठूलाठूला ढुङ्गाहरु खसेको छ । भित्र प्रवेश गर्नको लागि समेत समस्या रहेको छ । भालु दूलोमा सम्म पुग्नको लागि उचित बाटोको समेत नहुँदा सास्ती रहेको स्थानीय बासिन्दा बताउँछन् ।

दूलो भित्र प्राकृतिक कुर्ची
भालु दूलोभित्र सामान्य केटाकेटी बस्न मिल्ने प्राकृतिक रुपमा निर्माण भएको कुर्ची पनि देख्न सकिन्छ । किमबदन्ती अनुसार त्यस कुर्चीलाई गणेश बस्ने कुर्ची पनि भन्ने गरिन्छ । त्यस कुर्चीमा मानिसहरु पसेर बसेमा सकेमा पापबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

संरक्षणको लागि के प्रयास भयो
तानसेन नगरपालिका–११, का वडा अध्यक्ष दामोदार प्रसाद घिमिरेले भालु दूलो प्राकृतिक रुपमा निर्माण भएको दुलो भएको बताउनुभयो । धार्मिक मान्यता अनुसार त्यस दुलोबाट पसेर पाल्पाको भुल्केमा निस्कन सक्ने धार्मिक मान्यता रहेको बताउदै अहिले भुकम्प तथा अन्य कारणले गर्दा ढुङगा खसेकोले त्यसलाई हटाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।

पाल्पामा यस्ता धेरै प्राकृतिक रुपमा निर्माण भएका गुफा तथा मन्दिर तथा अन्य प्राकृतिक सम्पदाहरु रहेका छन् । यी स्रोत तथा साधनहरूको पहिचान गरी संरक्षण गर्न सकेमा अझै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृदि गर्दै आर्थिक लाभ हासिल गर्न सकिन्थ्यो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update