Erani Mahal
ट्रिपरकाे ठक्करबाट स्कुटी चालककाे मृत्यु
Accident1521

पाल्पा – पाल्पाको माथागढी–५, ढाबस्थित भित्रि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माथागढीबाट सुनवलतर्फ गईरहेको स्कुटीलाई बिपरीत दिशाबाट चुनढुंगा लिन आइरहेको ट्रिपरले ठक्कर दिदा स्कुटी चालकको मृत्यु भएको हो । दुर्घटना माथाबाट सुनवल जाने भित्रि सडकमा भएकाे हाे ।

शनिबार दिउँशो लु ४१ प १८९० नम्बरको स्कुटीलाई लु २ ख २०३१ नम्बरको ट्रिपरले ठक्कर दिदा रुपन्देही जिल्ला देवदह नगरपालिका–६, का ४६ वर्षिय तुलसिंह सिङ्किजाको मृत्यु भएको हो ।

गम्भीर घाइते हुनुभएका तुलसिंहको जेनस अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update