Erani Mahal
रैनादेवी छहराको सत्यवतीमा मगर दिवशमा विविध कार्यक्रम
ra-a

दिलबहादुर गाहा पाल्पा– जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ सत्यवती स्थित राजापानी भलिवल युवा क्लवको आयोजना तथा रैनादेवी छहरा वडा नं. ८ को सहआयोजनामा ३८ औं मगर दिवशको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।


क्लवले साविक सत्यवती गाविस वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, डोरीतान प्रतियोगिता र भाले छोप्ने कार्यक्रम आयोजना गरेको हो । जस अन्तर्गत भलिबल तर्फ साविक वडा नं. ७ बुढीदमार ए प्रथम, साविक वडा नं. ८ राजापानी द्वितीय र साविक वडा नं. २ रोका तृतीय भएको छ । डोरीतान तर्फ वडा नं. ७ बुढी दमार ए प्रथम, साविक वडा नं. ७ बुढिदमार वि दोस्रो र वडा नं. ८ राजापानी तृतीय भएका छन् ।


त्यसैगरी भाले छोप्ने कार्यक्रममा साविक वडा नं. ३ सुकाखोलाका चन्द्रबहादुर गाहाले बाजी मार्न सफल भएका छन् । भलिबल तर्फ साविक वडा नंं. ५ बुढी दमारका तिलबहादुर सुनार उत्कृष्ठ खेलाडी घोषित भए । भलिबल तर्फ १२ टिम, डोरीतानतर्फ ८ टिम र भालेछोप्ने प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो ।


भलिबल तर्फ प्रथमले बीस हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रोहुनेले १५ हजार नगद, मेडल र प्रमाण पत्र, तेस्रो हुनेले १० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् त्यस्तै डोरीतान प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रोले क्रमशः दुईहजार, एकहजार पाँच सय र एकहजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।


भाले छोप्ने प्रतियोगिले भाले र प्रमाणपत्र उपाहार पाएका छन् । रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष एवम् लोकगायिका चेतना थापाले प्रमुख अतिथिको मनत्व्य राख्दै मगर समुदाय पछि परेकोले एकजुट भई मगरजातीको उत्थानको लागि अगाडी बढ्नुपर्ने बताउनुभयो । मगरजातीहरु पछाडी पर्नुमा आफ्नै कारणहरु रहेकाले त्यस्ता नराम्रा बानीहरु छोड्दै जानुपर्ने र अन्यजातका राम्रा बानीहरु सिको गर्नुपर्ने बताउनुभयो । साथै आफ्नो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभयो ।


त्यसैगरी अर्को कलाकार रितुथापा मगरले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा पत्रकार दिलबहादुर गाहा महुँ मगर कविता मार्फत मगरहरुको रहनशहनका बारेमा जानकारी दिनुभएको थियो ।


राजापानी भलिबल युवा क्लवका अध्यक्ष नगवीर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अञ्जान रानाले गर्नुभएको थियो । स्थानीय शिक्षक भोजबहादुर गाहाको स्वागत मन्त्वयबाट सुरु भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम, नृत्य, झाँकी तथा मगरी खानाको समेत प्रस्तुती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update