Erani Mahal
शिद्धबावा क्षेत्रमा ढुंगा खसेर घाइते हुनुभएका श्रेष्ठकाे निधन
image-160-768x432

बुटवल - सिदार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर घाइते हुनुभएका गुल्मी रेसुङ्गा नगरपालिका- ८ का ४८ वर्षीय महेन्द्र प्रसाद श्रेष्ठकाे निधन भएको छ ।


आफ्नै लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा फागुन १४ गते बुधबार गुल्मीदेखि बुटवल जाँदै गरेका श्रेष्ठकाे वर्षाका कारण तिनाउँ गाउँपालिका- ३ सिद्धबाबामा ढुंगा खसेर शरीरमा गम्भीर चोट लागेको थियो । ढुंगाले लागेपछि उहाँ गम्भीर घाइते हुनुभएकाे थियाे ।

उहाँकाे शुक्रबार उपचारकाे क्रममा भरतपुर अस्पतालमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उहाँ नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका- ८ का सभापति समेत रहनुभएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update