Erani Mahal
देववाणी माविका विद्यार्थीद्वारा सामाजिक संजाल सम्बन्धि सडक नाटक प्रर्दशन
add

सन्तोष गहतराज पाल्पा– तानसेनको देववाण्ी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका विधार्थीहरुले सामाजिक संजाल फेसबुक र त्यस्को प्रभावको विषयमा शुक्रबार सडक नाटक प्रर्दशनी गरेका छन ।


नाटकमा अहिलेको पछिल्लो समयमा मानिसहरु सामाजिक संजालको रुपमा रहेको फेशबुक, टुयुटर, टिकटक जस्ता सोसिएल साइडहरुमा व्यस्त हँुदा देखिएको प्रभावका बारेमा नाटकी रुपमा प्रर्दशनी गरिएको थियो ।


पछिल्लो समयमा विधार्थीहरुको दैनिक पढाई लेखाइका परेको प्रभाव तथा अभिभावकहरुमा दैनिक जीवन यापनमा परेको प्रभावका बारेमा कक्षा ९ र १० का विधार्थीहरुले व्याङयात्मक रुपमा नाटक प्रर्दशनी गरेका थिए ।


नाटक समापन पछि बोल्दै देववाणी संस्कृत तथा साधारण आधारभुत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण थापाले अहिलेको पछिल्लो समयमा विद्यार्थीहरुलाई मात्र नभईे अभिभावकहरुमा समेत यस्को असर बढेको र यसबाट विभिन्न विकृतीहरु देखिएको अवस्थामा जनचेतना फैलाउनका लागि विद्यार्थीले नाटक प्रर्दशन गरेको बताउनुभयो ।


बढ्दै गइरहेको सामाजिक संजालको प्रयोग र विकृतिको अन्त्यका लागि नाटकले शिक्षा प्रदान गर्ने शिक्षक शेषनारायण चालिसेले बताउनुभयो । विद्यार्थी उमेर भनेको जीवनलाई कस्तो बनाउने भन्ने महत्वपूर्ण उमेर भएकाले यस्ता लतबाट छुटकरा पाउन समेत सडक नाटकले प्रेरणा दिएको सहायक प्रधानाध्यापक राम जीवन ज्ञवालीले बताउनुभयो ।


सडक नाटक नारायणस्थान, सित्तलपाटी, विशालबजार लगायतका तानसेनका मुख्य चोकहरुमा प्रर्दशन गरिएको थियो । विद्यार्थी संख्या नभएर बन्द हुन लागेको देववाणी विद्यालय नयाँ व्यवस्थापन र शिक्षक अभिभावकको मेहनतका कारण पछिल्लो समयमा जिल्लाकै सामुदायिक विद्यालयहरुमा अग्रणी शैक्षिक नतिजा दिन सफल भएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update