Erani Mahal
शारीरिक कमजोरी भएपनि तेक्वान्दो खेलमा अब्बल : अमित
DD-1-1

सन्तोष गहतराज पाल्पा - पाल्पा बगनासकाली गाउँपालिका १ चिर्तुङ्गधारा खोरबारीमा २०५२ साल कात्र्तिक १२ गते जन्मिएका अमित थापा शारीरिक रुपमा कमजोर भएपनि तेक्वान्दो खेलमा अब्बल रहनुभएको छ । ओम बहादुर थापा र आमा उमा थापाका जेठा छोराका रुपमा जन्मिएका अमित एक फरक क्षमता भएका व्यक्ति हुनुहुन्छ । उहाँको परिवारमा आमाबुवा सहित एक जना भाई पनि रहेका छन ।


जन्मिदा नै पक्षघातबाट पिडित भएका अमितको शरिर असन्तुलन भएपनि खेलमा भने उत्कृष्ठ प्रर्दशन गर्ने गर्नुहुन्छ । अरु मानिस जस्तो राम्रोसँग हिडन गाह्रो भएपनि अन्य सामान्य मानिस जस्तै तेक्वाडो खेल र सिकाउन भने अब्बल नै रहनु भएको छ ।


प्रारम्भिक शिक्षा गाउँबाटै गरेका अमित त्रिभुवन बहुमुखी क्यापसमा व्यवस्थापन संकायको तेस्रो बर्षमा अध्ययन गर्नु भएकाे छ । पढाईसँगै तेक्वान्दो खेललाई व्यवस्थित बनाई राष्टिय स्तरका खेलाडीहरु उत्पादन गर्ने सोंच उहाको छ । पाल्पा सिविआरमा रहेका १० जनालाई दै्रनिक रुपमा तेक्वाडोको प्रशिक्षण समेत दिने राना आफू समेत राम्रो खेल्न सक्छदछन । एघार बर्ष देखी टेक्वाडो खेल्न शुरु गरेका रानाले अहिले २४ बर्ष सम्म आइपुग्दा धेरै कठिनाई व्योहोरदै मेहनत गर्दै आएको बताउनुभयो ।


अमितले टेक्वाडो खेल खेली विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सिल्भर मेडल तथा गोल्ड मेडल प्राप्त गरेका छन । त्यसै गरी उनले विगत दुई बर्ष अगाडी मलेसियामा भएको टेक्वाडोमा द्रोस्रो कास्य हात पार्न सफल भएका थिए ।


यसरी फरक क्षमता भए पनि मैका पाएमा क्षमतावान व्यक्ति भन्दा कम छैन भन्ने उदाहरण दिने अमितले आगामी दिनमा फरक क्षमता भएका व्यक्तिहरुलाई स्थानीय सरकारले उनीहरुको क्षमता पहिचान गरी उनीहरुले गर्न सक्ने किसिमको सीपमा विकास गर्नुपर्ने बताउनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update