Erani Mahal
गोरखनाथ आधारभुत विद्यालय छहराको ६४ औ वार्षिकोत्सव
School

सन्तोष गहतराज पाल्पा गोरखनाथ आधारभुत विद्यालय रैनादेवी छहरा गाउँपालिका ४ छहराको ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ ।


रैनादेवी छहरा गाउँपालिका सामाजिक विकास तथा शिक्षा समिति विष्णु पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमसुख अतिथि पोखरेलले शिक्षाको विकासले मात्र सबै क्षेत्रको विकास हुने बताउदै विधार्थीहरुलाई प्राविधिक शिक्षा दिनुपर्ने बताउनुभयो । यस्का लागि गाउँपालिकाले विशेष विशेष योजना बनाएर अगाडी बढेको बताउनुभयो ।


विशिष्ट अतिथि राष्ट्रिय अनुसन्धान विभागका पुर्व डीआइजी राम बहादुर कार्की अहिलेको समयमा विधार्थीहरुलाई अग्रेजी माध्यमको पढाइ आवश्यक भएकोले अग्रीजी माध्यमको पढाई सञ्चालन गनुपर्ने कुरामा जोड दिनुभयो ।


कार्यक्रममा कर्ण बकेभि, कुल ब घर्ती, कालिका माविका शिक्षिक गोमा बुढाथोकी,सरस्वती माविकी शिक्षक मञ्जु पौडेल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा विधालयका प्र अ चुम ब पौडेलले ४० लाख बराबरको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम वेद प्रसाद उपाध्यायको अध्यक्षता,शिक्षिक शारदा ढकालको स्वागत मनत्वय र शिक्षक सुवास पोखरेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update