Erani Mahal
मगर बौद्ध सेवा समाजद्वारा शुभकामना आदान प्रदान
20200227_084358

पाल्पा - मगर बौद्ध सेवा समाज नगर समिती पाल्पाले ३८ औ मगर दिबस शुभकामना आदानप्रदान गरी मनाएको छ ।

तानसेन टुडिखेलमा रहेको लखन पार्कमा मगर बौद्ध सेवा समाज नगर समिती पाल्पाका अध्यक्ष दिल बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मगर महिला सङ्घ प्रदेश न ५ का अध्यक्ष प्रतीक्षा सिङजालीले मगर हरुको मुख्य मुद्दा  मगर हरुको बाहुल्य क्षेत्र रहेकोले मगरात  प्रदेश रहेको बताउदै बिगत देखि नै सङघर्षमा रहेकोले मगर हरुमा आफ्नो सस्कार र सस्कृती प्रती सचेत हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कुनै समुदायको पहिचान उसको सस्कृती भएकोले यस्को जगेर्ना आजको आबस्यकता रहेको भनाइ छ । सो कार्यक्रम मा नेपाल मगर सङघका उपाध्यक्ष शान्ती झेडी, जनहित बुद्ध बिहार रामपुर पाल्पाका अध्यक्ष कृष्ण बहादुर आले मगर, आनन्द बिहार परियती केन्द्र पाल्पाका सदस्य तथा वापा बल बहादुर गाहा मगरले शुभकामना मन्तव्य दिनु भएको कार्यक्रम मा स्वागत जिबा आले तथा संचालन सह सचिब श्याम सारुले गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update