Erani Mahal
सिद्धबाबामा गुडिरहेको मोटसाइकल माथी ढुंगा खस्यो !
sdak

पाल्पा– सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अन्तर्गतको सिद्धबाबा क्षेत्रमा गुडिरहेको मोटरसाइक माथी ढुंगा खसेको छ ।

समाचार प्रतिनिधि तस्विर गुगल ।


बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमाथि एक्कासी ढुङ्गा खस्दा मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका ८ का ४८ बर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाईते श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।


दिउँसो ३ बजेतिर तिनाउँ गाउँपालिका ३ सिद्धबाबाको नागमन्दिरनेर माथि बाट खसेको ढुङ्गाले लागेको थियो । हिउँद र वर्षात बाह्रैमास ढुंगा खस्ने गर्दा यो सडकमा यात्रा गर्दा मृत्यू मार्गका रुपमा लिने गरिन्छ । यहाँ ढुंगाले च्यापेर तथा पहिरो गएर सयौं यात्रुले अकालमै ज्यान गुमाएका छन् ।


सिद्धबाबा क्षेत्रको पहिरोको बैकल्पिक निकास नहुँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरु अनाहकमै ज्यान गुमाउन बाध्य भएका छन् सरकारले भने सुरुङ्ग मार्ग निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको भएता पनि काम भने अझै सुरु हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update