Erani Mahal
रवि किरण माविकाे ६० औँ  वार्षिकाेत्सव सम्पन्न
palpa111

गोपीकृष्ण बस्याल, पाल्पा – रम्भा गाउँपालिका–३ पिपलडाँडास्थित रवि किरण माविको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यालयले गरेको शैक्षिक योगदानको चर्चा गर्नुभयो । उहाँले रवि किरण माविको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीलाइ टिकाउन दिवा खाजा र दुर्घटना विमाकाे कार्यक्रम लागू गरेकाे जानकारी दिनुभयाे ।

कार्यक्रममा वडा अध्यक्ष थमनबहादुर गाहा, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य नारायण भण्डारी, पूर्व विद्यार्थी केशव भण्डारी, राममणी बहुमुखी क्याम्पस रूपन्देहीका पूर्व क्याम्पस प्रमुख बालकृष्ण अर्याललगायतले शुभकामना मनतव्य राख्नुभयाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशबहादुर सारुले आव २०७५/०७६मा ५३ लाख ५६ हजार ९६१ रुपियाँ बराबरको आयव्याय प्रस्तुत गर्नुभयो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अर्यालको अध्यक्षता, शिक्षक गोकुल अर्यालको स्वागत र शिक्षक खुमप्रसाद अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update