Erani Mahal
निस्दीको कमला प्राविको अभिभावक भेला सम्पन्न
gm

पाल्पा - कमला प्राथमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा अभिभावक भेला बसेको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दिल बहादुर बयम्बुको अध्यक्षता बसेको भेलाले तिलक सिङ खण्डलु अध्यक्ष रहेको ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा भागीराम सिङ्जाली, लालीसरा सिङ्जाली, चनीसरा सिङ्जाली र धनसरी खण्डलु रहेका छन् भने शिक्षक प्रतिनिधिमा लिलाराम राई र सदस्य सचिबमा विद्यालयका प्रधानाध्यापक हेम बहादुर बयम्बु रहनुभएको छ ।

त्यसैगरी सोही भेलाले पिङ्की राईको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । संघको सदस्यहरुमा थमन सिङ सुनारी, रुपासरा खण्डलु,जस बहादुर सुनारी, मोतीसरा राई रहनुभएको छ ।

त्यसैगरी अन्य सदस्यहरुमा यान बहादुर राना,ठाकुर बहादुर सिङ्जाली,मुक्त बहादुर राई,शिक्षक प्रतिनिधिमा बेतमान राई र सदस्य सचिवमा हेम बहादुर बयम्बु रहनुभएको छ । निस्दी गाउँपालिका,पाल्पाका शिक्षा अधिकृत प्रमोद यादबको प्रमुख अतिथ्यमा भएको भेलाको सन्चालन स्रोतव्यक्ती नर बहादुर थापाले गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update