X

फागुन १५ गते मगर दिवशको दिन सार्वजनिक बिदा !

रानीमहल संवाददाता || १२ फाल्गुन २०७६,सोमबार ०७:४६

पाल्पा– पाल्पामा आगामी फागुन १५ गते विहिवार सार्वजनिक विदा हुने भएको छ । जिल्लाको निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा ३८ औं मगर दिवशको दिन सार्वजनिक बिदा हुने भएको छ ।


गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हाम्रा समाचारदाता होमराईमगरले जनाउनुभएको छ । यस्तै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समेत उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हाम्रा समाचारदाता सीता डोटेलले जानाउनुभएको छ ।


यि दुई पालिकामा ३८ औं मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा गर्ने निर्णय भएको र उक्त दिन निस्दीको वडा नम्बर ४,मित्याल,झ्यालटुङ्ग खेल मैदानमा प्रत्येक वडाका विभिन्न झाकीहरु समेत प्रस्तुत गरिने गाउँपालिका प्रबक्ता मेख बहादुर सुनारीले बताउनुभएको छ । २०६८ सालको जनगणना अनुसार निस्दी गाउँपालिका पाल्पामा ८७ प्रतिशत मगर जातिको बसोबास रहेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys