Erani Mahal
पाल्पा महाेत्सव सकियाे : ४ कराेड ५० लाखकाे काराेबार, १ लाख दर्शकद्वारा अवलाेकन
87454634_1536910009821299_8222816670326980608_n

पाल्पा – पाल्पा व्यापार संघको आयोजनामा दमकडामा जारी पाल्पा महोत्सव सकिएको छ । फागुन १ गतेदेखि ११ गतेसम्म संचालन भएको महोत्सव आइतबार सकिएको हो ।

महोत्सव समापन समारोहका प्रमुख अतिथि संघीय सांसद सोमप्रसाद पाण्डेयले महोत्सवले यस क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पाल्पामा उत्पादित कृषिजन्य बस्तु र पर्यटकीय स्थहरुको प्रचारमा महोत्सवले उल्लेखनीय सहयोग गरेको बताउनुभयो । उहाँले दमकडामा सम्पन्न महोत्सवले पाल्पासहित माडी क्षेत्रमा विकासको सम्भावनाको गोरेटो कोरेको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिंह कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभयो । समापन समारोह संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक चिरन्जीवि पोखरेको अध्यक्षता र सचिव पर्शुराम पौडेलेको संचालनमा सम्पन्न भएको थियो ।

महोत्सवको अन्तिम दिनसम्म १ लाख १० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । संघले राखेको लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिनुभयो । यस्तै महोत्सवमा अन्तिम दिनसम्म चार करोड ५० लाख बढीको कारोबार भएको छ । आयोजकले राखेको लक्ष्य अनुसार कारोबार भएको संघका सचिव पर्शुराम पौडेलले बताउनुभयो ।

पाल्पाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेका थियौँ अध्यक्ष पोखरेलले भन्नुभयो हाम्रो उद्देश्य अनुसार हामीले काम गरेका छौँ ।

महोत्सवमा दश स्थानीय तहबाट प्रतिनिधित्व गर्ने कृषि र पर्यटनका स्टलको सहभागिता रहेको थियो । महोत्सवमा कृषि ज्ञान केन्द्र, पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, दमकडाको महिला समूह, उखुको खुदो, फलामबाट बनाइएका कृषि औजारका स्टल, उनजन्य बस्तुबाट बनेका टोपी, स्वीटर, मफलर, मौरीको गोला सहितको स्टल आकर्षक बनेको थियो ।

यस्तै निस्दी गाउँपालिकास्थित काउलेडाँडाको अम्रिसोबाट बनेका कुचो, रिब्दीकोट गाउँपालिकाको पर्यटन सम्बन्धी जानकारी दिने डिस्प्ले बोर्ड, दमकडा नमूना मावि र रिभर भ्याली माविका विद्यार्थीले तयार गरेको भविष्यको माडी उपत्यकाको नमूना समेत आकर्षक बनेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो । महोत्सवमा बाल उद्यान, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टलहरू, होटल तथा रेष्टुरेन्टको समेत स्टल रहेका थिए ।

महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न संघसंस्थाबाट ल्याइएका लोपोन्मुख नाच तथा गीत प्रस्तुत गरिएको थियो । पाल्पाको सबै क्षेत्रका स्टल र सबै क्षेत्रका लोपोन्मुख सांस्कृतिक प्रस्तुतीले महोत्सवमा सबैको अपनत्व बढेको सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताउनुभयो । महोत्सवमा ख्यातीप्राप्त कलाकारहरूले समेत प्रस्तुती राख्नुभएको थियो । महोत्सवमा पाल्पाका दश स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले स्थानीय तहले गरेका राम्रा कामको बारेका जानकारी दिनुभएको थियो ।

महोत्सव भव्य भयो, सबैलाई धन्यवाद

यसैबीच संघले पाल्पा महोत्सव भव्य र सानदार रुपमा सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ । विभिन्न शंका र उपशंकाका बावजुद सबै संघसंस्था, विभिन्न व्यक्ति, महोत्सव आयोजक स्थल माडी क्षेत्रका बासिन्दाको सहयोगमा महोत्सव सफल बनेकोमा संघले धन्यवाद दिएको हो । संघले यो महोत्सवबाट पाएको सफलताले ग्रामीण क्षेत्रमा पनि मेला महोत्सव गर्न सकिने रहेछ भन्ने उत्साहपूर्ण प्रेरणा मिलेको जनाएको छ ।

क लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिनुभयो । यस्तै महोत्सवमा दशौँ दिनसम्म चार करोड बढीको कारोबार भएको छ । विभिन्न स्टलहरुबाट प्राप्त जानकारी अनुसार महोत्सवमा चार करोड बढीको कारोबार भएको हो । आयोजकले महोत्सव अबधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य राखेको थियो । पाल्पाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले मोत्सव आयोजना गरिएको थियो । पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेका थियौँ अध्यक्ष पोखरेलले भन्नुभयो हाम्रो उद्देश्य अनुसार हामीले काम गरेका छौँ । महोत्सवमा दश स्थानीय तहबाट प्रतिनिधित्व गर्ने कृषि र पर्यटनका स्टलको सहभागिता रहेको थियो । महोत्सवमा कृषि ज्ञान केन्द्र, पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, दमकडाको महिला समूह, उखुको खुदो, फलामबाट बनाइएका कृषि औजारका स्टल, उनजन्य बस्तुबाट बनेका टोपी, स्वीटर, मफलर, मौरीको गोला सहितको स्टल आकर्षक बनेको थियो । यस्तै निस्दी गाउँपालिकास्थित काउलेडाँडाको अम्रिसोबाट बनेका कुचो, रिब्दीकोट गाउँपालिकाको पर्यटन सम्बन्धी जानकारी दिने डिस्प्ले बोर्ड, दमकडा नमूना मावि र रिभर भ्याली माविका विद्यार्थीले तयार गरेको भविष्यको माडी उपत्यकाको नमूना समेत आकर्षक बनेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो । महोत्सवमा बाल उद्यान, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टलहरू, होटल तथा रेष्टुरेन्टको समेत स्टल रहेका थिए ।
शनिबार भने लोक गायक पुष्कल शर्मा, धुर्मुस, पोखरेली माग्ने बुढा लगायतले प्रस्तुती राख्नुभयो । सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले ख्यातीप्राप्त कलाकारहरूको सहभागिताले महोत्सवलाई सफल बनाउन सहयोग गरेको बताउनुभयो । महोत्सवमा पाल्पाका दश स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले स्थानीय तहले गरेका राम्रा कामको बारेका जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update