Erani Mahal
रोटरीडेको अवसरमा तानसेनमा प्रभातफेरी
85097686_195530508466300_7844698225012375552_n

पाल्पा– रोटरी डे को अवसरमा तानसेनमा नगरपरिक्रमा सहितको प्रभातफेरी गरिएको छ । रोटरी क्लब अफ तानसेन पाल्पा र रोटरी क्लब अफ पाल्पा लुम्बिनीको संयुक्त आयोजनामा तानसेनको नगरपरिक्रमा गरिएको हो ।


नगरपरिक्रममाको क्रममा रोटरी क्लव अफ् पाल्पा तानसेनका अध्यक्ष मधुदयाल सैंजु, पूर्व अध्यक्ष बुद्धिप्रसाद शर्मा, बंकिमचन्द्र खनाल, उत्पल कुमार बज्राचार्य, शकुन्तला श्रेष्ठ, विरेन्द्रकाजी शाक्य, जगन्नाथ अर्याल, कृष्ण बहादुर रावल, रोटरीयत, रोट्रयाक्ट तथा इन्ट्राक्ट क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले रोटरी क्लवको काम यसको महत्व र यसका गतिविधिहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

जनचेतनामुलक र्यालीले तानसेन नगरका विभिन्न भागहरु प्रिक्रमा गरेको सस्थाका अध्यक्ष मधुदयाल सैंजुले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update