Erani Mahal
पाल्पामा रोटरी ‘डे’ को अवसरमा निशुल्क मुटु परीक्षण
Untitled-2-copy

सन्तोष गहतराज पाल्पा– रोटरी क्लब अफ तानसेन पाल्पा र रोटरी क्लब अफ पाल्पा लुम्बिनीको सयुक्त आयोजना तथा लुम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोगमा तानसेनमा निःशुल्क मुटुरोग परीक्षण शिविर सम्पन्न भएको छ ।


२० वर्षदेखी सामाजिक कार्यमा सक्रिय रहेको क्लब रोटी क्लब अफ् तानसेन र रोटरी क्लब अप पाल्पा लुम्बिनीले रोटरी ‘डे’ को अवसरमा निःशुल्क मुटुरोग, दमरोग र अन्य रोगहरुको परीक्षण शिविर सचालन गरको रोटरी क्लव अफ् पाल्पा तानसेनका अध्यक्ष मधुदयाल सैंजुले बताउनुभयो ।


शिविर विहान १० बजे देखी ४ बजे सम्म सञ्चालन भएको शिविरमा करिब २ सय जनाले मुटुको परीक्षण गरेका छन । शिविरमा मुटुको इको इसिजी, परिक्षणका साथसाथै सुगर जाँच, प्रेसर, बल्ड टेस्ट पनि गरिएको लुम्बिनी मेडिकल कलेजका डाइरेक्टर डा. रुबन राज जोशीले बताउन भयो ।
शिविरमा १८ प्रकारका औषधीहरुका निःशुल्क रुपमा वितरण गरिएको थियो ।

शिविरमा मुटुको जाँच गर्दा करिब ५० प्रतिशतलाई मुटुको समस्या देखिएकोले थप उपचारको लागि लम्बिनी मेडीकल कलेजमा रिफर गरिएको जोशीले बताउनुभयो । शिविरमा मुटुको जाँच वरिष्ठ मुटुरोग डाक्टर अजय अधिकारीले गर्नुभएको थियो ।


शिविर समापन पछि बोल्दै रोटी क्लब अफ तानसेन पाल्पाका अध्यक्ष मधु दयाल शैजुले अहिले पछिल्लो समयमा धेरै मानिसमा मुटुको समस्या देखिएको बताउदै स्वास्थ्य शिविरबाट धेरै मानिसहरुमा लाभावित हने बताउनुभयो । साथै आगामी दिनमा यस्ता शिविरहरु निरन्तर सञ्चालन गर्ने बताउनुभयो ।


कार्यक्रममा रोटी क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष सन्तोष लाल श्रेष्ठले मानिसको सबै भन्दा महोत्वपुर्ण अङ्ग मुटु भएकोले मुटुको हरेका मानिसले बर्ष एक पटक भए पनि जाच गनुपर्ने बताउनुभयो ।


कार्यक्रममा रोटरी क्लव अफ् पाल्पा तानसेनका पुर्व अध्यक्ष बुद्धी प्रसाद शर्मा, उत्पल कुमार बज्राचार्य, जगन्नाथ अर्याल, पूर्व अध्यक्ष बंकिमचन्द्र खनाल लगायतको उपस्थितिमा भएको थियो । शिविरमा स्टडेन्स च्यारिटेवल सोसाइटी पनि सहयोग गरेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update