Erani Mahal
तिनाउँ कचलमा रहेको युवा बर्ष माविको ३८ औँ बार्षिकोत्सव
y-

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं १ कचलमा रहेको युवा बर्ष माविको ३८ औँ बार्षिकोत्सव तथा अभिभावक भेला शनिवार एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का सासंद तुलाराम घर्ती मगरले उद्घाटन गर्दै समाजको विकासको प्रमुख आधार शिक्षा भएकोले सबै बालबालिकालाई शिक्षित बनाउनु पर्ने बताउनुभयो । उहाँले अहिलेको समयमा प्राविधिक र व्यवसायीक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । प्राविधिक र व्यवसायीक शिक्षाका लागि तीनतहकै सरकारले शिक्षामा लगानी गरेको बताउनुभयो ।


विशिष्ट अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओम बहादुर घर्ती मगरले गाउँपालिका लगायत तीन तहको सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको र आधारभूत शिक्षा अनिर्वाय तथा माध्यमिक शिक्षा निःशुल्क अध्ययनको वातावरण कायम गर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई विधालयमा नपढाउने अभिभावकलाई कानूनी कारवाही हुने समेत बताउनभयो ।


कार्यक्रममा तिनाउ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष रोम बहादुर लम्तरी, वडा नं २ का वडा अध्यक्ष तथा प्रवक्ता राजेश श्रेष्ठ, वडा सदस्य धनी कुमारी बगाले लगायतले विद्यालयको शैक्षिक प्रगतिको लागि शुभकामना दिनु भएको भियो । कार्यक्रममा विधालयका प्रध्यानाध्यापक प्रेम बहादुर खत्रीले ७५ लाख वरावरको आर्थिक र वार्षिक विवरणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम सहायक प्रध्याध्यापक डोल बहादुर लम्तरीको स्वागत मन्तव्य, शिक्षक केशव भण्डारीको सञ्चालन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्त बहादुर छहरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कक्षा १ देखि १२ सम्म अध्ययन हुने युवा वर्ष माविमा करिब ४ सय विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रअ डोलबहादुर लम्तरीले जनाउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update