Erani Mahal
हाेटल व्यवसायी संघ पाल्पाकाे अधिवेशन सम्पन्न
1582379017hotal_adhibesan

पाल्पा – होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाका अध्यक्षमा मोहन प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । शनिबार तानसेनमा भएको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा जीवलाल सुवेदी, उपाध्यक्षमा जयनारायण सापकोटा, महिला उपाध्यक्षमा रञ्जना अर्याल, महासचिवमा लक्ष्मण बस्याल, सचिव अमृत नेपाल, कोषाध्यक्षमा अशोक महर्जन, सह–कोषाध्यक्षमा मुकेश जिसीलाई चयन गरेको छ ।

संघको सदस्यहरुमा विष्णु बहादुर थापा, नारायण गोपाल पाण्डे, बसन्त कुंवर, धिरेन प्रधान, अशोक थापा, रविन्द्र बजा्रचार्य, साजन सुवेदी, मणीकान्त न्यौपाने, सुशील नेपाल, किरण चित्रकार, सरण श्रेष्ठ, महिला सदस्य शोभा भट्टराई चयन हुनुभएको छ ।

कार्यक्रममा होटल तथा रेष्टुरेष्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले होटल तथा रेष्टुरेण्टमा देशभर ८० हजार व्यवसायीहरु आवद्ध रहेको बताउनुभयो । देशको अर्थतन्त्रका लागि होटल व्यवसायीहरुको ठूलो योगदान गरेको उहाँले दावी गर्नुभयो । होटल व्यवसायमा ठूलो लगानी भएपनि ज्ञान र सीप अभावले व्यवासायी धरासायी बनेको उहाँको भनाई छ ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले जिल्लाका होटल व्यवसायीहरुको हितमा काम गर्न संघलाई आग्रह गर्नुभयो । तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी देवी पाठक, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, राप्रपाका जिल्ला अध्यक्ष रेवन्त विष्ट, पाल्पा होमस्टेका अध्यक्ष मनमोहन श्रेष्ठ, मदिरा व्यवसायी संघका अध्यक्ष यादवसिंह कार्की, नाटा पाल्पा च्याप्टरका अध्यक्ष प्रदिप प्रसाद उदय, निर्मल श्रेष्ठ लगायतले अधिवेशनको सफलताको शुभकामना दिनुभयो ।

तानसेनका होटल महङ्गो भएको गुनासो
उता पाल्पामा आउने अधिकांश पर्यटकले भने पाल्पाको होटल तथा रेष्टुरेन्ट अत्यन्त महङ्गो भएको बताउँदै आएका छन् । होटल तथा रेष्टुरेन्टमा आएका पाहुनालाई दिने सुबिधा अनुसार होटलले लिने शुल्क अत्याधिक महङ्गो भएको बताएका छन् । पाल्पा, पोखरा बुटवल घुम्न आएका पर्यटकले पाल्पामा बास बस्न खोजेपछि अन्य क्षेत्रको तुलनामा दोब्बर भएको गुनासो गर्दै आएका छन् । यहाँ घुम्न आएका पर्यटकले मात्र होइन पाल्पाका विभिन्न सरोकारवालाहरुले समेत तानसेनका होटलमा सुबिधा भन्दा महङ्गो भएको बताउँदै आएका छन् । यद्यपी होटलको सेवा सुबिधाका बारेमा भने अहिलेसम्म पर्याप्त छलफल हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update