Erani Mahal
रिब्दीकोट पालुङकामा घरघरमा खानेपानीको धारा
Untitled-2-1

सन्तोष गहतराज पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिका ७ पालङुकामा घरघरमा खानेपानीको धारा पुगे पछि स्थानीयहरुले घण्टौ समय लगाएर खानेपानी बोक्नु पर्ने बाध्यताको अनत्य भए पछि स्थानीयहरु खुशी भएका छन । स्थानीय सरकार आएपछि पुखौँदेखी खोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता हटेको हो ।
रिब्दिकोट गाउँपालिकाको आर्थिक सहयोगमा घरघरमा खानेपानीको धारा पुगेको हो ।

स्थानीय निकायको निर्वाचन भएपछि पहिलो आर्थिक बर्षबाट पालुङमा खानेपानी आयोजनाको काम थालिएको थियो । निरन्तरको सक्रियाताले करिब दुुई बर्षमा घरघरमा पानीको धारा आएको चुर्पुकधारा लिफिटङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बम बहादुर र्घालीले बताउनुभयो । उहाँका अनुसार अहिले खानेपानी आयोजनाबाट ६५ घरधरी लाभाव्वित भएका छन । जुन ठाउँमा मगर जाती रहेको बाहुलियता रहेको छ

खानेपानीको उदघाटन गदै चुर्पुकधारा खानेपानी आयोजनाका गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले पालुङको सबै भन्दा ठुलो समस्या खानेपानी रहेको पहिचान गरेर आफु निर्वाचन भएको बर्ष देखी नै बजेट विनियोजन गरेर काम गर्न थालेको बताउनुभयो । अहिले एक घर एक धाराको अभियान अन्र्तगत गाउँपालिका भरि नै खानेपानीको आयोजना सञ्चालन भइरहेको बताए । अहिले रिब्दिकोट गाउँपालिकाको खानेपानीको बढी समस्या रहेका वडा नं ६ ठिमरेको ढस्टग,वडा नं ७ पालमैनादी पालग र वडा नं ८ को फेकमा खानेपानीको आयोजनाहरु सम्पन्न भइसकेको छ । अहिले गाउँपालिकाले खानेपानी,विकासका पुर्वाधार र कृषिलाई प्राथामिकता साथ वजेट विनियोजन गर्दै आएको अध्यक्ष जि सीले बताउनुभयो ।

घरघरमा खानेपानीको धारा पुगे पछि यहाका महिलाहरुले घण्टौ लगाएर पानी बोक्न पर्ने समस्या हटेको बताउदै अब त्यो समयमा महिलाहरुले जिविको पार्जन र सामाजीक काम लगाउन पर्ने गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो ।

एक करोड पाच हजार चार सय २६रुपैया लगानीमा चुर्पुकधारा लिपिटङ खानेपानी आयोजना सम्पन्न भएको प्रशासकिय अधिकृत क्रृषिराम अर्यालले बताउनुभयो । खानेपानी आयोजना संघ तथा प्रदेशको बजेट र गाउँपालिकाले विनियोजन गरेको बजेटमा निमार्ण कार्य सम्पन्न भएको हो । कुल खर्चमध्ये उपधोक्ताले १४ लाख ५८ हजार बराबरको श्रमदान गरेका छन ।

उपभोक्ता समितिका सचिव केहरसिं गाहाका अनुसार टयाकी वरीपरी घेराबार गर्न,पानीको मुल सम्म पुग्न मोटरबाटो स्तरोन्नती गर्न,घरघरमा व्यवस्थित धारा बनाउन र मर्मत संभार कोष स्थापना गर्ने काम बाकी रहेका बताउदै यसलाई अब छिटै अगाडी बढाउने बताउनुभयो । आयोजना सम्पन्न गर्न उपभोक्ताले पाइप जडान लगाएतका कामको लागि ६० दिन विशेष गरी महिलाहरु सहभागि भएर श्रमदान गरेको उपभोक्ता समितिका सचिवले गाहाले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update