Erani Mahal
शिवरात्रीकाे अवसरमा प्रभास सहित विभिन्न स्थानमा कार्यक्रम
image-1

पाल्पा - हिन्दु धर्मालम्बीहरुको आराध्यदेव शिवको पुजा आराधना गरी मनाइने पर्व महाशिवरात्री पाल्पाको प्रवास लगायतका धेरै ठाउहरुमा मनाइएको छ । शिवरात्रीको अवसरमा पाल्पाका शिवालय मन्दिरका शक्ति पिटहरुमा श्रद्धालु भक्त जनहरुको भिड लागेको थियो ।

पाल्पाको तानसेन नगरपालिका लगायत दशवटै स्थानीय तहमा रहेका शिवका मन्दिरमा भक्तालुको भीड लागेको थियाे । पाल्पाको प्रभासमा पनि शिवरात्री पर्वको अवसरमा श्रद्धालु भक्तजनको भिड लागेकोथियाे ।

पाल्पाको प्रभासमा रहेको शिवको मन्दिरमा शुक्रबार विहानै देखी पुजा गर्नेहरुको भिड लागेको हो । शिवजीको पुजा आरधाना गरेमा मनले चिताएको पुरा हुने धार्मिक मान्यता पनि रहेको छ । सोही अनुसार पाल्पाका शिवका शक्ति पिटहरुमा पुजा गर्नेहरुको भिड लागेको थियाे ।

पाल्पाको प्रभासको शिव मन्दिरमा पुजा आराधनाको साथसाथै प्रभास क्षेत्र धर्म संस्कृति तथा मेला व्यवस्थापन समितिको आयोजना महाशिवरात्री धार्मिक सास्कृतिक तथा कृषि प्रर्दशनी मेला आयोजना गरेको छ । मेला तथा मन्दिरको दर्शन गर्न पाल्पाको विभिन्न ठाउबाट भक्तजनहरुको भिड लागेको थियो । यो मेला प्रत्येक वर्ष हुने गर्दछ ।
मेलामा निशुल्क स्वास्थ्य शिविर
रोटरी क्लव अफ पाल्पा लुम्बिनीले मेलाको अवसरमा निशुल्क प्राथामिक उपचार सेवा सञ्चालन गरेको छ । लुम्बिनी मेडीकल कलेज तथा टिचिङग हस्पिटलको प्राविधिक सहयोगमा मेलाको अवलोकन गर्न आउनेहरुलाई निशुल्क जाच तथा सामान्य औषधी सहितको शिविर सञ्चान गरेको हो ।

मेलामा प्रतियोगात्मक कृषि मेला प्रर्दशनी
मेलाको अवसरमा पाल्पा जिल्ला भित्र उत्पादन हने विभिन्न कृषि उत्पादनहरुको प्रतियोगित्मक कृषि मेला प्रर्दशनी राखिएको थियो । प्रर्दशनीमा व्यवसायीक रुपमा पालिएको मैरीको घार,मुला,बन्दा,काउली,फर्सि,साग,तरुल,उखु ,केरा लगाएतका कृषि उत्पादनलाई प्रर्दशनी गरिएको थियो ।

शिवरात्रीकाे दिनलाई शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमख रात्रिमध्ये एक पवित्र पर्व भएको किवंदन्ती छ ।

पाल्पाकाे बराङ्दीमा रहेकाे शिवासन धाममा पनि ठूलाे मेला लागेकाे थियाे । त्यहाँ त्यस क्षेत्रमा सयाैं भक्तजनहरूले मन्दिरमा पूजा गरेका थिए । यस्तै रिब्दीकाेटकाे जलेश्वर, अर्गलीकाे मन्दिर सराइकाे शिव मन्दिर लगायतका स्थानमा समेत भक्तजनकाे भीड लागेकाे थियाे ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update