Erani Mahal
विपन्न परिवारकाे स्वास्थ्य विमा
87071227_983825302013986_4879432256730431488_n

पाल्पा - रामपुर नगरपालिकाका कर्मचारीले प्रजातन्त्र दिवसको अबसर पारेर ५ जनाको एक परिवारको स्वास्थ्य बिमा गराइदिएका छन् । बिपन्न तथा आर्थिक अबस्था कमजोर रहेको रामपुर नगरपालिका वडा न. ८ बराहाटार कि हुमा कामीका ५ सदस्यीय परिवारलाई १ लाख रुपैया बराबरको स्वास्थ्य बिमा गराइएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले बताउनुभयो ।

विपन्न परिवारको अवस्था बुझेर आवश्यक ठाउमा सहयोग गर्ने हेतुले नागरिकको अधिकार प्रत्याभुति भएको प्रजातन्त्र दिवसको दिन सहयोग गरेको उहाले बताउनुभयो । स्वास्थ्य बिमा गरेर बिमा कार्ड हस्तान्तरण गर्नुहुदै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सरकारले मौलिक हकको रुपमा स्वास्थ्यलाई लिगेपनी अझ सहज र सर्वसुलभ हुन जटिलता रहेकोमा यस्ता अभियानले सो परिवारमा राहत दिने बताउनुभयो । संविधानको धारा ३५ मा मौलिक हकमा स्वास्थ्य सेवा छ तर अझ पनि बिरामीलाई सहज गरि सेवा लिन समस्या भैरहेको उहाको भनाई थियो।

नगरपालिकामा कार्यरत कर्मचारीले स्वास्थ्य बिमा बापतको ५ परिवार सम्मको परिवारलाई लाग्ने रकम तिरेर हुमाको परिवारको सबै सदस्यको बिमा गरिदिएका हुन् । नगरपालिका कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा कर्मचारीले सो परिवारलाई आतेजाते यातायात खर्च १ हजार २ सय रुपया समेत संकलन गरि प्रदान गरेका छन् ।

यसबाट सो परिवारका बिमा गरेका परिवारले १ लाख सम्मको उपचार खर्च निशुल्क पाउनेछन् । चार जना सन्तानको लालनपालन र सबै जिम्मेवारी सम्हानुभएकी हुमाको आम्दानीको श्रोत छैन । परिवारमा कमाउने उमेर समुहको कोही नहुदा परिवार धान्न सहज छैन ।

त्यैपनि जेनतेन घर गाउमा केही काम गर्दै गुजारा चलाउदै आउनुभएकी कामी परिवारको बिमा गरेर केही न केही पहल कदम चालेको अनुभुति पाएको नगरपालिकाका कर्मचारी सीताराम आचार्यले बताउनुभयो । उहाको घरायसी अबस्था थाहा पाएपछी केही गरौ भन्ने थियो, आचार्यले भन्नुभयो-सरकारको कार्यक्रमलाई सफल बनाउने अभियान समेत जोडेर प्रजातन्त्र स्थापनाको दिन पारेर उहाको सबै परिवारका सदस्यको स्वास्थ्य बिमा गरिदिएका हौ ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा अधिकृत रेणुराम ज्ञवालीले र सन्चालन कृषि शाखा प्रमुख रामहरि पाण्डेले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update