Erani Mahal
पाल्पा जिल्ला सदरमुकाममै बाँदरले सताएपछि स्थानीयहरु चिन्तित
monkey_R6fFowjF5j

सन्तोष गहतराज पाल्पा, पाल्पाको जिल्ला सदरमुकाम नजिकै तानसेन नगरपालिका वडा नंं ११ बन्दिपोखराका स्थानीय कृषकहरु दैनिक रुपमा बाँदरले सताए पछि हैरान भएका छन ।
कृषकहरुले लगाएको तरकाली तथा फलफुलमा दैनिक रुपमा नोक्सान गरे पछि स्थानीयहरु हैरान भएका छ ।


हुन त बादर भने पछि नत आफना घर बनाउछ नत अरुको घर बनाउन दिन्छ भन्ने गरिन्छ र तर यो उखान सत्य सावित भएको छ । तानसेन नगरपालिका ११ मा आजकाल दैनिक रुपमा करिब ५०/ ६० ओटा बादर सताए पछि स्थानीयहरु चितित छन । अहिले हेर्दा कृषकहरुको बारी तरकाली आलु,केराउ,मुला,जस्ता तरकाली रहेका छन । फलफूमा मेवा,फल्न लागेका काफल तथा अन्य फलफूलमा पनि बादरले नोक्सान गरेको छ । यसरी दैनिक रुपमा बादर सताएको र कहिले काही आक्रमण समेत गर्न थाले पछि स्थानीय हैरान भएका हुन् ।


यसै सन्दर्भ इरानीमहल डटकमको संबादमा त्यहीका स्थानीय धु्रव घिमिरेले भन्नु भयो । अहिले दैनिक रुपमा बाँदर सताए पछि हामी चिन्तित छौ । अहिले बादरले लगाएको आलु,मेवा तथा अन्य तरकालीहरु खाइदिन्छ । धप्पाउदा पनि मान्दैन धेरै हुलमा आएका बादरलाई एक्लै धपाउन पनि गाह्रा हुने गरेको बताउदै आफहरु चिन्तित रहेको बताए ।

त्यस्तै त्यहीकी स्थानीय फुलमाया रानाभाटले अहिले बाँदरले सताए पछि हैराना भएको बताउनुभयो । उहाँले भनिन् सुली तथा बारदलीमा राखेको मकै आफु घाँसदाउरा गर्न गएका समयमा मकै खाइदिएको बताउनुभयो ।


त्यस्तै अर्की स्थानीय सुमित्रा गहतराज बादरले घरमा हामी नभएको समयमा घरको झयालबाट बादर पसेर मकै खाएको बताइउदै बारीमा रहेको तरकालीमा पनि नोक्सान गरेको बताउनुभयो । साथै बादरले आक्रमण समेत गर्न खाज्ने गरेको बताउनुभयो ।

त्यस्तै स्थानीय सुब्बा रानाभाटले भने अहिले खेतमा गुह लगाएको छु । उहिले गायमा बादरको हुल पसेर गहु खाइदिएको उनको गुनासो छ । घरमा श्रीमान श्रीमती रहेको बताउदै श्रीमती घरको घरायसी काममा व्यस्त हुदा तथा आफु काम गर्न गएको समयमा बादरले गँहु खाएको बताउनुभयो । यसरी दैनिक रुपमा बाँदरले सताए पछि स्थानीयहरु चिन्तित छन । बादरले सताए पछि स्थानीयहरु वडा कार्यालयमा गएर वडा अध्यक्षलाई भन्दा पनि केही सुनुवाइ नभएको स्थानीयहरुको गुनासो रहेको छ ।

बाँदर नियन्त्रणका लागि मार्न नपाइने कानून भएकाले त्यसको बैकल्पिक उपायहरु नरहेको वडा अध्यक्ष दामोदर घिमिरेले बताउनुभयो । स्थानीय स्तरमा बाँदरको नियन्त्रणका लागि सबै उपभोक्ताहरु सजग रहने र कुकुरपाल्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिका र वडाले समेत बाँदर नियन्त्रणको लागि उपयुृक्त उपायको खोजी गरिरहेको बताउनुभयो ।

जिल्ला सदरमुकाम तानसेनको वडा नं. ५ सेतीपोखरी, १० तेल्घा, ११ बन्दिपोखरा, १२ बौघापोखराथोक, १३ बौघागुम्हा र १४ अर्गलीमा समेत बाँदरले सताएपछि स्थानीयले स्थानीय सरकार, जनप्रतिनिििध, राजनीतिक दल समेतलाई गुहार गरेका छन् । पछिल्लो समय पाल्पाको बगनासकाली, रैनादेवी, तानसेन, रम्भा, रामपुर लगायतका गाउँपालिकामा समेत बाँदरले दुःख दिएपछि स्थानीय सरकारले बाँदर व्यवस्थापनमा बजेट समेत विनियोजन गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update