Erani Mahal
शिवरात्रीका अवसरमा पाल्पामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने
volleyball

सुनिल कार्की पाल्पा– महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा पाल्पामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने भएको छ । पाल्पा जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा पाल्पाबासी टिम बिच प्रतियोगिता हुन लागेको हो । गोरखदल गण पाल्पाको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुन लागेको गणका गणपति सुरज थापाले जानकारी दिनुभयो ।


राष्ट्रसेवक कर्मचारी र पाल्पाबासी बिचको सम्बन्धलाई थप सुमधुर बनाउन प्रतियोगिता प्रभावकारी बन्ने अपेक्षा लिएको गणपति थापाले बताउनुभयो ।


प्रतियोगिताको लागि तयारी तिव्र रुपम भईरहेको गणका सेनानी मनोज डंगोलले बताउनुभयो । प्रतियोगितमा राष्ट्रिय सेवा दलमा आवद्ध बेथल इग्लीस बोडिङ स्कुल र भुषालडाँडा माध्यमिक विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुती समेत दिने भएका छन ।


पाल्पामा पहिलोपटक हुन लागेको यस खालको प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने आयोजक गोरख दल गणले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई आकर्षक शिल्ड,मेडल र प्रमाणपत्र र द्धितिय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update