Erani Mahal
पाल्पा महाेत्सवमा शुक्रबार कलाकार कमला घिमिरेकाे प्रस्तुती रहने
Screenshot_20200215-192500

पाल्पा – पाल्पा महोत्सवमा नबौँ दिन अर्थात फागुन ९ गते चर्चित ११ वर्षकी बालकलाकार कमला घिमिरे आउने भएकी छिन् । विभिन्न सामाजिक संजाल तथा नेपाल लोकसंगीत क्षेत्रमा चिर्चित बनेको घिमिरेको भोलि दमकडामा प्रस्तुती रहने मेला आयोजकले जनाएको छ । कमलाकाे चिया छानेकाे.. लगायतका गीत भाइरल भएकाे थियाे ।

पाल्पा व्यापार संघको आयोजनामा भईरहेको महोत्सवमा अहिलेसम्म पाल्पाका विभिन्न कला केन्द्रहरुको प्रस्तुती भईरहेको छ । यस्तै चर्चित लोकदोहोरी गायक, गायिका, पाल्पाका दश स्थानीय तहमा चर्चित कडुवा, झाम्रे, जीबैमामा, ख्याली, भजन, लाखे नाचको प्रस्तुती तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता भएको सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो ।

महोत्सवमा अहिलेसम्म ७० हजार दर्शकले अबलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले बताउनुभयो । महोत्सवमा हालसम्म दर्शकको उत्साहजनक उपस्थिति रहेको उहाँले बताउनुभयो ।

महोत्सवमा अहिलेसम्म झण्डै तीन करोडको कारोबार भएको छ । विभिन्न स्टल तथा बाल उद्यान, होटल तथा रेष्टुरेन्ट, बुहराष्ट्रिय कम्पनी तथा राष्ट्रिय कम्पनीमा सामग्री गरी दुई करोड ८५ लाखको कारोबार भएको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो ।

महोत्सवमा पाल्पाका दश स्थानीय तहका पर्यटन र कृषिका स्टलहरुलाई प्राथमिकता दिइएको छ । यस्तै पाल्पाका साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुका समेत स्टल रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update